कोइराला,सिंह र निधि मध्ये कसले गर्ने नेतृत्व ? बिगत भन्दा नयाँ सोचमा सरकारमा सामेल हुने मन्त्रीहरु छान्ने तयारीमा सभापति देउवा

- चैत्र १, २०७९ मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

अहिले देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा उपराष्ट्रपति निर्वाचन लगत्तै बिस्तार हुने मंन्त्रिपरिषद्को बिषयलाई लिएर छलफल सुरु हुन थालेको छ । छलफलका गतिहरु केही औपचारिक छन् त केही अनौपचारिक । तर अहिले सम्म पार्टीबाट कसकोे नेतृत्वमा सरकारमा जाने भन्ने कुराको टुèो लागि नसकेको बताउँछन् कांग्रेस एक केन्द्रिय सदस्य ।
चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भएपछि मात्र औपचारीक रुपमा यस बिषयले गति पाउने बताउँछन् कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत । भन्छन् , ‘प्रधानमन्त्रीजीले नै उपराष्ट्रपति निर्वाचनपछि गर्ने भनेकाले त्यसबारेमा अहिलेसम्म छलफल सुरु भएको छैन ।


उता पार्टी सभापति शेरबहादुर देउवा भने आफै सरकारमा पठाउने मन्त्रीहरु छान्ने क्रममा लागि सकेको पार्टी स्रोत जानकारी दिन्छ । तर सभापति देउवाले अहिले सम्म कुनै सदस्यको नाम भने किटान गरेका छैनन । ठूलो पार्टी र दल भएको कारण मन्त्री बन्नेहरुको लस्कर लामै भएपनि यसपाली मन्त्री बन्नेहरुको छनौटलाई नयाँ ढंगले गर्नेमा पार्टी सभापति स्वयं लागेको पनि पार्टी स्रोत बताउँछ ।
यसपाली सभापति देउवाले प्रादेशीक संरचनालाई छुने गरि र सातै प्रदेशको प्रतिनिधित्व हुने गरि मन्त्री बनाउने सोच राखेको कुराहरु पनि बाहिरीएका छन् ।
मन्त्री बनाउने र बन्ने बिषयमा सधैँ जस्तो किचलो यसपाली हुन नदिने मनसायमा सभापति देउवा रहेका छन् । त्यसैले शेखर कोइराला , प्रकाशमान सिंह र बिमलेन्द्र निधि मध्ये एकको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने तयारीमा पनि सभापति देउवा लागेको पार्टी उच्च स्रोतले कासिन न्यूजलाई जानकारी दियो ।
कांग्रेसले नेकपा एमालेले छोडेको मन्त्रालयहरु पाउने हुँदा कांग्रेसको भागमा लगभग ८ वटा मन्त्रालय पर्ने निस्चित छ । त्यसमा अब कस कसलाई मन्त्रीको भागीदार बनाउने भन्ने कुरामा सभापति देउवाले पार्टी पंक्ति संग भित्रि सल्लाह पनि गरिरहेका छन् ।
यसपाली एकाध दुईलाई छोडेर प्राय नयाँहरुलाई मन्त्री बनाउने सोचमा लागेका सभापति देउवाको पहिलो प्राथमिकतामा श्रीमति आरजु राणा देउवा परेकी छिन् । सभापति देउवा श्रीमतिलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने मनसायमा रहेको पनि सभापति देउवा निकट एक केन्द्रिय सदस्य कासिन न्यूजलाई जानकारी दिए ।
त्यसका साथै कोइराला, सिंह र निधि मध्ये एउटालाई अगाडी लगाएर (सरकारको नेतृत्व) गरेर पठाउने कुरामा सभापति देउवा लगभग सहमत भै सकेको पनि पार्टी स्रोतले बतायो । अनि धनराज गुरुङ, बद्री पाण्डे, प्रदीप पौडेल, मोहन बस्नेत, उदय शमशेर राणा लगायतका सांसदहरुलाई मन्त्री बनाउने सोचमा सभापति देउवा रहेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर