पर्यटन उद्योगको प्रवर्द्धनका लागि उद्योगको विकास, विस्तार र विविधिकरण गर्न आवश्यक – पर्यटन मन्त्री किराँती
- चैत्र १, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा सुरुवात भएको क्षेत्रिय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग विस्तारै लयमा फर्किएको बताएका छन् । अब पर्यटन क्षेत्र लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि उद्योगको विकास, विस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताएका हुन् ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रवर्द्धनमार्फत् संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आवागमनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, प्राप्त लाभको समन्यायीकरण वितरण गरी गरिबी निवारण गर्नुपर्ने उनको भनाइ छ ।
उनले पर्यटनको विकासबाट आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने, क्षेत्रिय विकास तथा आर्थिक वृद्धि हाँसिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पयर्टन प्रवद्र्धनमार्फत् संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक
मन्त्री किराँतीले पर्यटन क्षेत्रमा प्राप्त लाभको समानजनक वितरण गर्ने, पर्यटकीय सेवा तथा सुविधाहरुको विकास, बिस्तार एवं विविधिकरण गर्ने पर्यटन प्रवद्र्धन गर्न र पर्यटकहलाई उपलब्ध गराउने सेवा सुविधाको गुणस्तरको सुनिश्चित गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्न जरुरी रहेको बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments