•  २५ पुष २०८१, बिहीबार

मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अनावश्यक बिदेश भ्रमणमा रोक (मन्त्रिपरिषद्को निर्णय सहित)

- चैत्र १, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अत्यावश्यक बाहेक मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको विदेश भ्रमणमा नगर्न निर्देशन दिएको छ ।
उक्त निर्देशन गरेकै दिन पनि मन्त्रिपरिषद्ले एक मन्त्री र तीन सचिवको विदेश भ्रमण भने स्वीकृत गरेको छ । खानेपानी मन्त्री अब्दुल खान संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन जाँदैछन्।
यसैगरी कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको पनि विदेश भ्रमण स्वीकृत गरिएको छ।


पोखरामा दुर्घटना भएको यति एअरलाइन्सको जहाज दुर्घटना छानबिन गर्न बनेको जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय पनि गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर