मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ मा संशोधनका लागि छलफल अघि बढायो
- चैत्र १, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
हालको वैदेशिक रोजगार ऐन प्रवद्र्धनभन्दा नियन्त्रणमुखी रहेको भन्दै धेरै अगाडिदेखि संशोधनको नेपाल वैदेशिक रोजगार व्यवसायी संघ माग गर्दै आएको छ । खासगरी ऐनमा रहेको वैदेशिक रोजगार व्यवसायीहरूको इजाजतपत्र नवीकरणका लागि वार्षिक एक सय जना कामदार अनिवार्यरूपमा पठाउनुपर्ने, वैदेशिक रोजगार व्यवसायीले ओरियन्टेसन तथा मेडिकल सञ्चालन गर्न नपाउनेजस्ता प्रावधानलाई खारेज गर्न माग गर्दै आएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ मा संशोधनका लागि छलफल अघि बढाएको छ ।
संघका महासचिव मेघनाथ भुर्तेलले बुधबार संघको कार्यालयमा संघलाई छातासंस्था मान्दै आएका विभिन्न राजनीतिक दल निकट, जातीय तथा भेगीय संस्थाका अध्यक्ष तथा महासचिवहरूसँग ऐनमा गर्नुपर्ने संशोधनका सम्बन्धमा सुझाव लिने तयारी भै रहेको बताए ।
संघले ऐन संशोधनको विषय दीर्घकालीनरूपमा सहज बनाउन पहल गर्ने भन्दै गत शुक्रबार वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा तथा शम्भु निरौला र अधिवक्ता देवराज कटुवाललाई कानूनी सल्लाहकारमा मनोनयन गरेकोे थियो ।
वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक शेषनारायण पौडेलले कामदार पठाउने मुलुकले श्रम स्वीकृति दिने नभई कामदार लिने मुलुकले श्रम स्वीकृति दिने अभ्यास रहेकाले वैदेशिक रोजगार ऐनमा सोही अनुसारको संशोधन गरिनुपर्ने सुझाव राखेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments