विश्व परिवेश
पाकिस्तानमा “जङ्गली राज“ सुरु भएको पूर्व प्रधानमन्त्री एवं विपक्षी नेता इमरान खानको आरोप – पक्राउ प्रयास असफल
- चैत्र २, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
लाहोरमा क्रिकेट प्रतियोगितामा बाधा नहोस् भन्ने उद्देश्यले हाललाई पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं विपक्षी नेता इमरान खानलाई पक्राउ गर्ने प्रयास सुरक्षा फौजले स्थगित गरेको छ ।
पञ्जाब प्रान्तका सूचनामन्त्री अमीर मीरले विदेशी संचार माध्यम सँग कुरा गर्दै भने प्रदर्शनका कारण सडक अवरुद्ध हुँदा क्रिकेटका दर्शकहरुलाई रंगशाला सम्म पुग्न अप्ठ्यारो नहोस् भनेर अहिले खानको पक्राउलाई स्थगित गरिएको हो ।
मार्च १९ मा हुने पाकिस्तानी सुपर लिगको फाइनल खेलसम्म पक्राउ गर्ने काम रोकिने पनि उनले बताएका छन् । अदालतले खानलाई पक्राउ गर्न आदेश दिएयता सुरक्षाकर्मीले उनलाई पक्राउ गर्न खोजीरहेको छ । खानका पक्राउ गर्ने पूर्जी सुरक्षाकर्मीको हातमा परे सँग पाकिस्तानमा खान समर्थक र सुरक्षाकर्मी बीच उनको निवास वरपर झडपहरू भएका छन् ।
यसैबीच लहोरको उच्च अदालतले बिहिवार बिहानसम्म इमरान खानलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको छ।
खानले भने सुरक्षाकर्मीहरु देशको कानुन भन्दा बाहिर गएर काम गरिरहेका छन् । उनले पाकिस्तानमा “जङ्गली राज“ सुरु भएको आरोप पनि लगाए। मङ्गलवार अदालतको आदेशपछि पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न पुगेका प्रहरीको खान समर्थकसँग उनको निवासबाहिर मुठभेड भएको थियो। बुधवारसमेत उनलाई पक्राउ गर्न गरिएको अर्को प्रयासमा थप झडप भएका थिए।
लाहोरस्थित उनको निवास परिसरबाहिर प्रहरी बलपूर्वक अगाडि बढ्न खोज्दा त्यहाँ तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
ढुङ्गा र इट्टा फ्याँकेका खान समर्थकहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेका थिए।
भिडिओ सन्देशमा मार्फत ७० वर्षीय खानले शनिवार इश्लामावादस्थित अदालतमा उपस्थित हुने सुनिश्चितता गर्ने गरी हस्ताक्षर गर्ने प्रस्ताव गरे।
खानले शनिवारसम्मका लागि जमानतमा रहेकाले मङ्गलवार आफूलाई पक्राउ गर्नुको “कुनै कारण नरहेको“ दाबी गरे।
खानले विगतका असफल प्रयासपछि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको समेत बताए।
“म आफ्नो रात हिरासतमा बिताउन गइरहेको कुराका लागि मानसिकरूपमा तयार छु,“ उनले भने। “कति रात भन्ने थाहा छैन तर म त्यसका लागि तयार छु।“ एकजना मन्त्रीले सरकारी कदमको चुनावसँग कुनै साइनो नरहेको र प्रहरीले उनको भ्रष्टाचारका मुद्दामा उनलाई पक्राउ गर्ने अदालतको आदेशहरू मानिरहेको बताइन्।
मरियम औरङ्गजेबले महिला र बालबालिका सहितका आफ्ना कार्यकर्तालाई ढालको रूपमा प्रयोग गरेर खानले पक्राउ छल्ने र अस्थिरता उत्पन्न गराउने काम गरेको दाबी गरिन्। खानका समर्थकहरूले देशका अन्य सहरहरूमा समेत प्रदर्शन गरिरहेका छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments