सुदूरपश्चिम प्रदेश
मन्त्रालय भागबण्डमा किचलो > कहिले हुन्छ पूर्ण सरकार ?

- चैत्र २, २०७९ मा प्रकाशित


कासिन न्यूज,
सुदूरपश्चिम ।

केन्द्रिय राजनीतिमा आएको सत्ता समिकरणको प्रभावले देशका प्रदेश सरकारमा पनि छुन थालेको छ । जसको सबैभन्दा बढी प्रभाव देखीएको प्रदेश हो सुदूरपश्चिम प्रदेश ।
नेकपा एमालेले सत्ताबाट हटे सँगै मुख्यमन्त्री फेरीएको सुदूरपश्चिम प्रदेशमा नयाँ समिकरण अनुसार बिश्वासको मत लिने देखी सरकार बनाउने सम्मको खेलमा प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई निकै सकस भएको थियो । जस तसै मुख्यमन्त्री शाहले बिश्वासको मत प्राप्त गरे । जसरी मुख्यमन्त्री शाहले बिश्वासको मत पाए उनले सो अनुरुप सरकार बनाउन सकिरहेका छैनन् । अहिले केन्द्रिय सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पनि सुदूरपश्चिम प्रदेशको सरकारमा सामेल भएपनि मन्त्रालय भागबण्डाको खेलोले मुख्यमन्त्री शाहलाई उल्झनमा पारिहेको छ ।
विश्वासको मत प्राप्त गरे लगत्तै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन परेकाले पनि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको हो  भनेर बहानाबाजी गरेपनि खास कुरो भनेको मन्त्रालयको भागबण्डा नै भएको प्रदेशका एक सभासदले कासिन न्यूजलाई बताए ।


मुख्यमन्त्री शाहको नेतृत्वमा अहिले सरकारमा कांग्रेस र एकीकृत समाजवादीबाट एक–एकजना मन्त्री बनेका छन्  । कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाहीले आर्थिक मामिलामन्त्री नियुक्त गरेका थिए ।
प्रदेशमा मुख्यमन्त्रीसहित सातसदस्यीय मन्त्रिपरिषद् रहेको छ । चार मन्त्रालय रिक्त छन् । माओवादीले तीन मन्त्रालयमा दाबी गरेको छ । नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी छ । उसले दुई मन्त्रालयमा दाबी गरेको छ ।
५३ सदस्यीय प्रदेश सभामा शाहले ४१ मत पाएका थिए । उनलाई कांग्रेसका १९, माओवादीका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार र एकजना स्वतन्त्र प्रदेश सभा सदस्यले मत दिएका थिए । मुख्यमन्त्री शाह भने उपराष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिमण्डल विस्तार गर्ने सोचमा छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर