स्ववियु निर्वाचन बिशेष
राष्ट्रिय राजनीतिमा चासो राख्ने बिधार्थी संगठनको निर्वाचनले माहोल तताउन सकेन
- चैत्र २, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय राजनीति देखी दलिय संयन्त्र सम्मको आँखा पर्ने संस्था हो बिधार्थी संगठन । राजनीतिक जीवनको एउटा आधारशिला बनेको बिधार्थी जीवन । जसलाई राजनीतिको परिपाटी देखी इतिहास बुझ्ने माध्यमको रुपमा लिने गरिन्छ ।
त्यही बिधार्थी जीवनको राजनीतिलाई पार लगाउँदै अहिले देशको सत्ताको बागडोर देखी सवैधानिक अंगको प्रमुख बन्ने ल्याकत राख्ने गरेका छन् राजनीतिककर्मीहरुले ।
हो त्यही इतिहास देखी वर्तमान सम्मको गुण अवगुण बुझ्ने थलो अर्थात कलेज । अहिले त्यही कलेजहरुमा स्ववियु निर्वाचनको सरगर्मीले व्यापक छुन थालेको छ । सामाजिक सञ्जालका भित्ताहरु देखी विभिन्न सञ्चारमाध्यमहरुको प्रयोग पनि बढ्दै छ राजनीति गर्ने बिधार्थीहरु माझ ।
अबको तिन दिनमा देशका कलेजहरुले नयाँ बिधार्थी नेतृत्वलाई स्वागत गर्न पाउँछ । जसका लागि सबै बिधार्थी संगठनहरु आफनो भरपर्दो नेतृत्व छान्न आतुर पनि छ । राजनीति देखी बिधार्थी नेतृत्व चयनमा जुन उत्साह छाउनु पर्ने हो त्यसको कुनै गति नदेखिएको बताउँछन् कलेजका बिधार्थीहरु । बिगतका तुलनामा माहोल खासै नताएकी बताउँछन् शंकर देव क्याम्पसका रोशन खड्का । भन्छन् , पहिला पहिला स्ववियु निर्वाचन भनेपछि भिन्नै माहोल हुन्थ्यो अहिले खासै छैन् । सम्वन्धित संगठनका बिधार्थीहरु मात्र लागेको खड्का बताउँछन् ।
राजनीतिक दल सँग प्रत्यक्ष सरोकार राख्ने बिधार्थीहरु बाहेक अरुलाई स्ववियु निर्र्वाचनको बारेमा सामान्य ज्ञान समेत नभएको बुझिन्छ । पशुपति बहुमुखी क्याम्पस चावहिलका राजु थापा यही स्ववियुको सामान्य ज्ञान नहुने मध्येका एक बिधार्थी हुन् । स्ववियुको निर्वाचन सँग कुनै सरोकार नराखे पनि निर्वाचनको दिन आफनो चिनजानको साथीलाई मत दिने उनको बिचार छ ।
जसरी राजनीतिक दलहरु सँग प्रत्यक्ष सरोकार राख्नेहरुमा निर्वाचनको भूत सवार भएकोे छ त्यसको दाँजोमा अन्य बिधार्थीहरुले यस प्रति कुनै सरोकार नराखेको प्राय कलेजहरुको माहोल बुझ्दा थाहा हुन्छ । बिधार्थी राजनीतिको मूल थलोको रुपमा बिकास भएका कलेजहरु त्रिचन्द्र, शंकरदेव, रत्नराज्य, नेपाल ल क्याम्पस, पशुपति बहुमुखी क्याम्पस लगायतका कलेजहरु बाहेक अन्य कलेजहरुमा स्ववियु निर्वाचनलाई खासै महत्वका साथ नहेरीएको पनि पाइन्छ ।
किन यसरी स्ववियु माहोलमा कमी आउन थाल्यो त भन्दा प्राय कलेजहरुमा नजिंकदै गएको परिक्षालाई लिइएको छ ।
कलेज परिसरमा सीमित विद्यार्थीहरु भेला भएका छन् । उपस्थितहरु स्ववियु निर्वाचनमा चासो हुनेहरु मात्रै छन् । अहिले सानो–सानो समूहमा छलफल गरिरहेका छन् । समूहमा छलफल गर्नेहरु पनि अधिकांश कुनै विद्यार्थी संगठनसँग आवद्ध छन् ।
विद्यार्थीहरुको उपस्थिति कम भएकाले कलेज परिसर शान्त छ । नजिकिएको परीक्षाका कारण त्यसको तयारीमा विद्यार्थी जुटेका छन् । यस क्याम्पसको फरक विशेषता विरलै अध्ययन/अध्यापन रोकिनु हो । कलेजहरुमा कम भेटिने विद्यार्थीहरुले आफनो संगठनको प्रचार गर्ने थलो रुपमा सामाजिक सञ्जाललाई प्रयोग गरिरहेका छन् ।
स्ववियु निर्वाचनका लागि पाँच विद्यार्थी संगठनले नाम दर्ता गराएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिक्रारी, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र जनमत विद्यार्थी संघ स्ववियु चुनावका लागि दर्ता भएका छन् ।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी सहित स्वतन्त्र उम्मेदवारले नतिजा आफ्नै पक्षमा आउने दाबी गरेका छन् ।
चुनावमा प्रतिस्पर्धामा उत्रेसँगै एक संगठनले अर्कोलाई आरोप लगाउन सुरु गरेका छन् । अघिल्लो दुई निर्वाचन जिते पनि अखिल क्रान्तिकारीले क्याम्पसमा विद्यार्थी हकका पक्षमा जिम्मेवारी निर्वाह गर्न नसकेको अनेरास्ववियु र नेविसंघको आरोप छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments