त्रिकोणात्मक ओडिआई सिरिजको निर्णायक खेलमा सन्दिपले लिए मोहम्मद वासिमको विकेट

- चैत्र २, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा निर्णायक खेलमा युएईका मोहम्मद वासिमको विकेट लिएका छन् ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले १६.२ ओभरमा २ विकेट गुमाउँदै ९८ रन बनाएको छ । मोहम्मद वासिम ४९ बलमा २ चौका र ६ छक्कासहित ६३ रनमा एलबीडब्लू आउट गरे ।
वृत्य अरविन्द ४२ बलमा २ चौकासहित १९ रनमा क्रिजमा अविजित छन् । दोस्रो विकेटका लागि वासिम र वृत्यले ७९ रनको साझेदारी गरेका थिए । नेपालका तीव्र गतिका बलर सोमपाल कामीले नवौं ओभरको चौथो बलमा वृत्य अरविन्दलाई ८ रनमा कट एण्ड बोल्ड गर्नबाट चुकेका थिए ।
स्पिनर ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौं बलमा आर्यन लाक्रालाई ६ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर