•  २५ पुष २०८१, बिहीबार

प्रमुख बन्न चलखेल सुरु
चमत्कारी संगठनको उपमा पाएको नेपाल प्रहरीमा भावि प्रहरी प्रमुख को बन्ला ?

- चैत्र २, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपालको प्रहरी प्रशासन भनेको चमत्कारको खेलो गर्ने एउटा भरपर्दो संगठन हो । जहाँ नेपाली राजनीतिज्ञहरुको छत्रछाँयामा चल्ने गरेको छ । हरेक पटक नेपाल प्रहरीको प्रमुखको लागि यो संगठनमा चलखेलले १ सय डिग्रीको तापक्रम मापन गरेको हुन्छ । यसपाली डिग्रीको मापनले आफनो गति बढाएन भने रोल अनुसार प्रहरी प्रमुख हुने सम्भावना छ ।
तर सम्भावनालाई मात्र आधार मान्ने कुनै ठोस बातावरण भने छैन । नेपाल प्रहरी जहाँ जे पनि हुन सक्छ । सम्भावना र असम्भावनाको खेती जति खेर पनि हुन सक्छ । त्यसैले अहिले को बन्छ प्रहरी प्रमुख त्यति सहज छैन ।
अहिले प्रहरी प्रमुख बन्न सक्ने सम्भावित उम्मेदवारहरुको नामावली प्रकाशन भै सकेको छ । जसमा श्यामलाल ज्ञवाली, बसन्त कुँवर, टेक प्रसाद राई, दीपक थापा र किरण बज्राचार्य रहेका छन् ।
पाँच मध्ये पाँचै जना नेपाल प्रहरीमा अब्बल दर्जाको प्रहरीमा चुनिएका छन् । त्यसमध्ये हाल कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा रहेका श्यामलाल ज्ञवाली कमाण्ड कन्ट्रोलमा राम्रो दख्खल भएका प्रहरी अधिकृतको रुपमा मानिन्छन् । काठमाडौंको प्रहरी प्रमुखको रुपमा काम गरेका ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालको प्रमुखको रुपमा कार्यालय प्रमुखको भूमीका निर्वाह गरिसकेका छन् । साथै काठमाडौं उपत्पका अपराध अनुसन्धान कार्यालयमा रहेर समेत काम गरेको अनुभव ज्ञवालीसँग छ।


ज्ञवाली आईजी भएको अवस्थामा नेपाल प्रहरीको इतिहासमा सहोदर दाजुभाइ नै आईजी भएको पहिलो घटना हुनेछ। यसअघि ज्ञवालीका सहोदर दाजु ठाकुर ज्ञवाली नेपाल प्रहरीको आईजी भइसकेका छन् ।
त्यस्तै अर्का प्रहरी प्रमुखको दावेदारको रुपमा अगाडी आएका बसन्त कुँवर मधेस प्रदेश प्रमुखको रुपमा कार्यरत छन । यसअघि उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत जिम्मेवारी सम्हालिसकेका छन ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता भएर काम गरेका कुँवरले डीआईजी हुँदा कार्य विभागमा रहेर पनि काम गरिसकेका छन्।
त्यस्तै टेक प्रसाद राई लामो समय सादा पोशाकमा काम गरेका प्रहरी अधिकृत हुन्। ३० वर्षे प्रहरी सेवा अवधिको दुई तिहाइ अर्थात् २० वर्षभन्दा बढी राईले बिना बर्दी काम गरेका छन्।
दिपक थापा हाल बागमती प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। अहिले एआईजी बढुवा सिफारिस भएकाहरु भन्दा ६ महिनापछि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी पनि आईजी हुने दौडमा अघि नै छन्।
किरण बज्राचार्य पनि नेपाल प्रहरीको इतिहासमा पहिलो पटक आईजीको प्रतिस्पर्धामा गर्ने महिला प्रहरी बनेकी छिन्। यीनै प्रहरी अधिकृत मध्येबाट एकले नेपाल प्रहरीको प्रहरी प्रमुखको भूमीका निर्वाह गर्न पाउँछन् ।
सरकारले बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजी बढुवाका लागि सिफारिस गरिसकेको छ। अहिलेसम्म बढुवा सिफारिस विरुद्ध कुनै उजुरी नपरेकाले अबको केही दिनमै उनीहरुले एआईजीको दर्ज्यानी चिह्न लगाउनेछन्।
एआईजी भएको एक सातामै उनीहरुमध्येबाट एक जना नेपाल प्रहरीको ३०औं आईजी बन्नेछन्। हालका प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत १० राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर