नेपाली क्लबको इतिहासमै पहिलोपटक युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

- चैत्र २, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

इटालियन क्लब नेपोली क्लबको इतिहासमै पहिलोपटक युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जर्मन प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफुर्टलाई दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–० को जितसहित नेपोली पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

पहिलो लेगमा नेपोली २–० ले विजयी भएको थियो । घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना रंगशालामा बुधबार राति भएको खेलमा नेपोलीको जितमा भिक्टर ओसिमहेनले दुई तथा पिओटर जिलेन्स्कीले एक गोल गरे ।

पाहुना टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको नेपोलीले पहिलो गोलको लागि भने पहिलो हाफको इन्ज्युरी समय नै कुर्नुपरेको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा भिक्टर ओसिमहेनले माटियो पोलिटानोको पासमा गोल गर्न सफल भएका थिए ।

५३औं मिनेटमा भिक्टरले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा पिओटर जिलेन्स्कीले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई सहज जित दिलाए ।

इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली क्लबको इतिहासमा पहिलो पटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो । यस्तै नेपोली नकआउटको दुवै लेगमा गरेर ५–० को जित निकाल्ने इटालियन क्लबमा थपिएको छ । यसअघि युभेन्ट्स र मिलानले समान ५–० कै जित निकालेको थियो ।

यस्तै नेपोली क्वाटरफाइनलमा पुगेसँगै सन् २००६ पछि इटालीका तीन टोली अन्तिम आठमा पुगेको छ । यसअघि २००५–०६ को सिजनमा इन्टर मिलान, एसी मिलान र युभेन्ट्स क्वाटरफाइनलमा पुगेको थियो ।

यससँगै च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पूरा भएको छ । यसअघि बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान, म्यानचेस्टर सिटी र रियल म्याड्रिड क्वाटरफाइनलम पुगिसकेको छ । क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्वीट्जरल्यान्डको नियोनमा शुक्रबार हुँदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर