निभ्यो ‘परालको आगो’
नेपाली चलचित्र एउटा निर्देशक गुमायो
- चैत्र २, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
२०३५ सालमा रिलिज भएको परालको आगो निर्देशन गर्दै करिअर थालेका वरिष्ठ निर्देशक प्रताप सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता व्यावसायिक र समीक्षात्मक रुपमा चर्चित नेपाली फिल्म निर्देशन गरेका थिए ।
यिनै निर्र्देशक सुब्बाको ७८ वर्षको उमेरमा भारतको पश्चिम बंगालको सिलीगुडीस्थित एक अस्पतालमा निधन भएको छ । नेपालीमूलका पहिलो भारतीय फिल्म निर्देशक समेत रहेका सुब्बाले बंगाली निर्देशक सत्यजित रे र मृणाल सेन सँग स्कुल अफ थटका निर्देशक समेत रहि सकेको बरिष्ठ कलाकारहरु बताउँछन् ।
४० को दशकमा नेपाल आएका उनले चर्चित नेपाली फिल्म र टेलिफिल्म निर्देशन गरेर ५० को दशकमा पुनः दार्जिलिङ फर्किएका थिए ।
पहिलोपटक फिल्म बनाउन नेपाल आइपुगेका उनले राजेन्द्रकृष्ण मानन्धरसँग मिलेर भिडियो फिल्म ‘बन्द खामभित्र’ निर्माण गरेका थिए । नीर शाहलाई देखाएर उनले यो फिल्मको सेन्सर समेत गरेका थिए । प्रदर्शनीमार्गमा यो फिल्म देखाएर राम्रै पैसा कमाएको अनुभव उनीसँग छ । त्यतिबेला म्हेपीमा बस्ने उनले सरोज खनाल र मिथिला शर्मालाई लिएर फिल्म ‘दिदी’ बनाएका थिए तर यो चलेन ।
२०५० सालमा उनले फिल्म ‘चट्याङ’को पटकथा लेखे । ‘भीष्म प्रतिज्ञा’पछि उनी दार्जिलिङ फर्किए । उनले डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर प्राविधिक जन्माए । क्यामेरा एडिटिङ सिकाए । कोरोना महामारीको बेला उनले नयाँ पुस्ताका फिल्ममेकरलाई एउटा सुझाव दिएका थिए, ‘यो समयमा ट्रेनिङ लिऊँ । स्क्रिप्ट लेखुँ, गीत लेखुँ । अहिलेको सबै कुरा खुलेपछि काम लाग्छ नि ।’
सुब्बाको निधनको खबरलगत्तै सामाजिक सञ्जालबाट धेरैले उनीप्रति श्रद्धाञ्जली दिएका छन् । हाम्रो पनि उनी प्रति हार्दिक श्रद्धाञ्जली ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments