•  २५ पुष २०८१, बिहीबार

पशुपतिनाथ मन्दिरमा चोर पस्यो
सीसीटीभीको तार काटेर पश्चिमी द्वारमा राखिएको दानपात्र गायब भएको केहीबेरमा फिर्ता

- चैत्र ३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सीसीटीभीको तार काटेको पाइयो तर त्यो कहिले र कसले काटेको थियो भन्ने कसैले पनि जबाफ दिन सकेनन् । उक्त घटना मात्र त्यहाँ भएको पहिलो नहुनसक्ने संकेत पनि कतिपय कर्मचारीले गरेका छन् ।
चारै तिर पहरा, चारै तिर सुरक्षाकर्मी र चारै तिर पशुपति क्षेत्र बिकास कोषका सुरक्षा गार्ड हुँदा हुँदै पनि पशुपति नाथको मन्दिरमा चोरी भयो भन्ने सुन्दा कुनै पनि भक्तजनलाई अचम्म लाग्नु स्वभाविक हो ।
तर बेथीति बेसंस्कार धार्मीक संस्था बन्न पशुपति क्षेत्र बिकास कोषको लापर्वाहीका कारण नै यस्तो भएको बताउँछन् पशुपति मन्दिर प्रत्यक्ष सरोकार राख्ने धार्मिक ज्ञाताहरु । एउटा दानपात्र हराएको र हल्लाखल्ला भएपछि पुनः यथास्थानमा फर्काइएको घटनाले त्यहाँ दानदातव्यको समेत अपचलन भइरहेको हुनसक्ने संकेत गरेको छ ।


विशेषगरी दानपात्रको रेखदेखको जिम्मेवारीसमेत पाएको कोषको संस्कृति संरक्षण महाशाखा र कर्मचारी प्रशासन महाशाखाका प्रमुखसहित कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरेको कारण यस्तो अवस्था आएको बताउँछन् छानविन समितिका सँग सम्वन्धित सदस्य ।
दैनिक भक्तजनहरूले ती प्वालबाट नेपाली र विदेशी मुद्रा, गरगहना तथा सुनचाँदीजस्ता बहुमूल्य धातुसमेत दानपात्रमा खसाउने गर्छन्। कर्मचारीहरूले दानपेटीका जम्मा गरेर नगद र बहुमूल्य वस्तु दाखिला गर्ने नियमित प्रक्रिया अघि बढाउने क्रममा एउटा घ्याम्पो हराएको थाहा भएको जानकारी सदस्यसचिवलाई गराएको अधिकारीहरू बताउँछन्।
छानबिनका क्रममा कर्मचारीले दिएको जानकारी अनुसार दानपात्रमा हरेक दिन नगद मात्र पनि दुई लाख रुपैयाँभन्दा बढी जम्मा हुने गरेको छ ।
पशुपतिनाथ मन्दिरको पश्चिमी द्वारमा राखिएको दानपात्र गत माघ १४ गते हराएको र केही घण्टापछि पुनः यथास्थानमै फेला परेको थियो । पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूका अनुसार मन्दिरका चारवटै ढोका अगाडि तामाका घ्याम्पालाई दानपात्रका रूपमा राखिएका छन्।
भने विसं २०६९ साल पनि यस्तै घटना भएको थियो । पशुपतिनाथ मन्दिर छेउमा रहेको बूढानीलकण्ठ मन्दिरसँगै राखिएको दानपत्रबाट नगद चोरी भएको थियो । त्यसबेला रातिको समयमा चोरले दानपात्र फुटाएर नगद चोरीएको थियो । घटनाको दुई सातापछि प्रहरीले पशुपति क्षेत्रभित्रै बस्ने एकजना व्यक्तिलाई उक्त चोरीको आरोपमा पक्राउ पनि गरेको थियो।

छानविन प्रतिवेदनमा सुरक्षालाई थप सुदृढ पार्न र दानपेटीकाको रकम तथा बहुमूल्य वस्तुको सुरक्षा तथा व्यवस्थापनका लागि कार्यविधि बनाएर निश्चित व्यक्तिलाई निश्चित कामको जिम्मेवारी तोक्न पनि सुझाव दिइएको छ ।

माघ १४ गतेको घटनाको छानबिन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा कोषले एउटा सात सदस्यीय समिति बनाएको थियो । उक्त समितिले छानबिन सम्पन्न गरेर प्रतिवेदन बुझाइसकेको भए पनि त्यसको कार्यान्वयन कहिले हुन्छ वा दोषी रहेको संका गरिएकामाथि थप छानबिन हुन्छ कि हुँदैन भन्नेबारे कोषले केही बताएको छैन ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भने प्रतिवेदनबारे आफूलाई केही थाहा नभएको र त्यसबारे आफूले बोल्न पनि नमिल्ने बताउँछन् ।छानबिनका क्रममा सम्बन्धित व्यक्ति र कर्मचारीलाई लिखित रूपमै प्रश्नहरू सोधेका थियौँ। त्यसक्रममा पशुपतिनाथ मन्दिरमा पहिले यस्तै खाले घटना भएको थियो कि थिएन? भन्ने प्रश्न पनि थियो तर यसबारे कोषका कर्मचारीहरु मुकदशक मात्र बने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर