•  ११ पुष २०८१, बिहीबार

स्ववियू निर्वाचन
नेपाल ल क्याम्पसमा अनेरास्ववियूको विरासत तोडिने सम्भावना बढ्यो

- चैत्र ३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

चार दशक देखी आफनो विरासत जोगाउदै आएको अनेरास्ववियूलाई यस पटक नेपाल ल क्याम्पसमा चुनौती हुने भएको छ । सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू)ले संयुक्त उम्मेदवार उठाएका कारण अनेरास्ववियूलाई यात्रा कठिन भएको हो । गठबन्धनको तर्फबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल गरेका छन् ।
एमाले निकट अनेरास्ववियूबाट कैलाश तामाङ स्ववियू सभापतिको उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनका दलहरुको विद्यार्थी संगठनबीच तालमेल भए पनि अनेरास्ववियू लाई फरक नपर्ने बताउँदै आएका छन् । नेपाल ल क्याम्पसमा अनेरास्ववियू भन्दा अर्को संगठनले स्ववियू नेतृत्व लिएको इतिहास नभए पनि यो इतिहास यसपाली भत्कने सम्भावना बढ्दै गएको बिधार्थी नेताहरु बताउन थालेका छन् ।
गठबन्धनको तर्फबाट सभापतिको उम्मेदवार बनेका अखिल क्रान्तिकारीका विष्णु ढुंगेल भने यसपटक अनेरास्ववियूको विरासत तोडिइसकेको दाबी गर्छन् । अखिल क्रन्तिकारीको पहलले गर्दा नेपाल ल क्याम्पसमा बीए एलएलबी निरन्तरता भएको र सधैं विद्यार्थीको पक्षमा वकालत गर्दै आइरहेकाले आफूले जित्ने दाबी उनले गरे ।
गठबन्धन गरेका सबै संगठनको छवि क्याम्पसका विद्यार्थी माझ राम्रो भएकाले आफूहरुले नै चुनाव जित्ने कुरामा उनीहरु ढुक्क छन् ।
स्ववियू सभापतिका लागि ६ जना उम्मेदवार मध्ये एकजना मात्रै महिला उम्मेदवार छिन् । अखिल क्रान्तिकारी विप्लवको तर्फबाट रबिना सथशंकरले सभापतिमा उम्मेदवार दिएकी हुन् । महिला विद्यार्थीको संख्या बढी भएको क्याम्पसमा एकमात्र महिला र योग्य भएकीले आफूले जित्ने विश्वास छ रबिनालाई छ । भन्छिन्, ‘यो क्याम्पसमा महिला विद्यार्थीको प्रतिशत बढी छ । म आफैं महिला पनि हुँ सभापतिको लागि योग्य उम्मेदवार पनि । त्यसैले मेरो जित सुनिश्चित छ ।’ ३१ बुँदे प्रतिवद्धता पत्रमा विद्यार्थीहरुको वास्तविक माग र अपेक्षालाई समेटेको हुँदा विद्यार्थीहरुले आफूलाई जिताउने उनको विश्वास छ ।दुई हजार २ सय मतदाता रहेको क्याम्पसमा १९ सदस्यीय समितिको लागि निर्वाचन हुनेछ । १६ सयको हाराहारीमा मत खस्ने विद्यार्थी नेताहरुले आंकलन गरिरहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर