•  २५ पुष २०८१, बिहीबार

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर @presidentofNP लाई @BidyaDBhandari मा रुपान्तरण गरिन

- चैत्र ३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले व्यक्तिगत ट्वीटर ह्याण्डल चलाउँदै आए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएकी छिन् ।
शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल@presidentofNPलाई @BidyaDBhandari मा रुपान्तरण गरिएको छ ।
राष्ट्रपति पौडेलको सचिवालय एक सदस्यले भने, ‘राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर अकाउन्ट हामीलाई हस्तान्तरण गरिएको छैन ।’ राष्ट्रपतिको रुपमा पौडेलले शपथग्रहण गरेकै दिन पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाडेकी थिइन् ।

२५ हजार फलोअर्स भएको ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी नेपाली क्रिकेट टीमलाई बधाई दिएकी छन् ।

राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीको आलोचना भएको छ । डा. रामेश कोइरालाले ट्वीटरमा विद्या भण्डारीलाई मेन्सन गर्दै लेखेका छन्, ‘आदरणीय पूर्वराष्ट्रपति जी, म नेपालको राष्ट्रपतिको अफिसियल अकाउन्टभन्दा ६ गुणा धेर फलोअर भएको यो मेरो अकाउन्ट यहाँलाई दान दिन चाहन्छु । एउटै सर्त चैँ तपाईँले पेवा बनाएको अकाउन्ट राष्ट्रपतिलाई हस्तान्तरण गर्नु रहेको छ । मञ्जुर भए डिएम वा फोन गर्नु होला ।’

राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले भने आफ्नो ट्वीटर ह्याण्डल संशोधन गरेका छन् । यसअघि कांग्रेस नेता हुँदासम्म एनसी पौडेल नेपाल ट्वीटर ह्याण्डल रहेकोमा राष्ट्रपति निर्वाचित भएपछि त्यसलाई संशोधन गरी आरसी पौडेल नेपाल लेखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर