•  ११ पुष २०८१, बिहीबार

सुरु भयो उपराष्ट्रपतिको लागि मतदान – पहिलो मतदाता रामसहायप्रसाद यादव

- चैत्र ३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८ सय ८१ जनाले उपराष्ट्रपति चुन्न भोट दिनेछन्। उपराष्ट्रपति चयनका लागि मतदान सुरु हुना साथ पहिलो मतदान उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरेका छन्।
संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपराष्ट्रपतिमा स्वघोषणामार्फत् प्रतिस्पर्धा स्थगित गरेकी प्रमिलाकुमारी यादवसहित चार उम्मेदवार छन्। रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचित गराएका ८ दलले छुट्टाछुट्टै समूह बनाएर दुई उम्मेदवार बनाएका छन्।

जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।
जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन्। एमाले अष्टलक्ष्मी शाक्यलाई प्रतिस्पर्धी बनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर