युरोपा लिग
इटालियन क्लब युभेन्ट्स र रोमा पुगे क्वाटरफाइनलमा

- चैत्र ३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

इटालियन क्लब युभेन्ट्स र रोमा युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युभेन्ट्सले जर्मन क्लब फ्रेइवर्गलाई २–० ले तथा समग्रमा ३–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।
पहिलो लेगमा युभेन्ट्स १–० ले विजयी भएको थियो । जर्मनीमा बिहीबार राति भएको खेलमा युभेन्ट्सको जितमा डुसान भ्लाहोभिच र फेडरिको चिइसाले गोल गरे । २७औं मिनेटमा भ्लाहोभिचको गोलले भिएअराबाट मान्यता पाएन । ४४औं मिनेटमा फ्रेइवगए १० खेलाडीमा समेटियो ।

म्यानुएल गुल्डे रातो कार्ड खाँद मैदानबाट बाहिरिए । ४५औं मिनेटमा डुसानले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।

अर्काे खेलमा रियल सोसिडाडसँगको दोस्रो लेगमा रोमाले गोलरहित बराबरी खेल्दै समग्रमा २–० को जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । रोमाले पहिलो लेगमा २–० को जित निकालेको थियो ।
अन्य नतिजा
रियल बेटिसविरुद्ध म्यानचेस्टर युनाइटेड (०–१)
फेनरवाचविरुद्ध सेभिया (१–०) समग्रमा सेभिया २–१ ले विजयी
फियोनुर्डविरुद्ध साख्तर (७–१)
युनियन गिलोइसविरुद्ध युनियन बर्लिन (३–०)
फेरेन्कभारोसविरुद्ध लिभरकुसन (०–२)
आर्सनलविरुद्ध स्पोर्टिङ (०–०) पेनाल्टीमा स्पोर्टिङ विजयी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर