प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउण्ट ह्याक सम्वन्धमा अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयको पत्र प्रहरी कार्यालयमा
- चैत्र ३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउण्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई औपचारिक रुपमा आग्रह गरेको छ ।
शुक्रबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालयले पत्र लेखेको हो । जहाँ ‘उक्त घटना के कसरी हुन गएको र अब उप्रान्त त्यस्ता कार्यहरु हुन नदिन अपनाउनुपर्ने सावधानी र उपाय सहितको विस्तृत अध्ययन प्रतिवेदन पेश गर्न’ भनिएको छ
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बिहीबार ट्वीटर एकाउण्ट ‘पिएमओ नेपालमा अनाधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु’ भएको थियो ।
तर, बिहीबार नै ह्याक भएको उक्त ट्वीटर एकाउन्ट पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरु बताउँछन् ।
टू एफए लगायतका सुरक्षा उपाय अपनाउँदा समेत अनधिकृत प्रवेश भएकाले त्यसबारे विस्तृत छानबिन गर्नका लागि प्रही प्रधान कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्र लेखेको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments