उपराष्ट्रपति चुनावमा देखिएको फरक मतले सरकारलाई कुनै असर गर्दैन – कांग्रेस महामन्त्री थापा
- चैत्र ३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनमा उपराष्ट्रपति चुनावमा देखिएको फरक मतले सरकारलाई कुनै असर नगर्ने बताएका छन् ।
सत्ता गठबन्धनका ठूला चार दलले जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादवलाई समर्थन गरेका छन् भने अरु ५ दलले जनमत पार्टीकी ममता झालाई समर्थन गरेका छन् ।
उपराष्ट्रपति निर्वाचनमा मत दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले एउटै उम्मेदवार बनाउने कोसीस भएको, तर त्यो सम्भव नभएपछि सल्लाहले नै फरक ठाउँमा उभिएको बताए ।
तर प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला एकठाउँमा आउने भन्दै उनले अघि भने, ‘यसले सरकारको निरन्तरतामा फरक पार्दैन ।’
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments