पीत पत्रकारीताले डरलाग्दो रुप धारणा गरिरहेको छ- सभामुख घिमिरे
- चैत्र ३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौ ।
शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख देवराज घिमिरेले देशमा पीत पत्रकारिता निकै डरलाग्दो गरी देखा परेको पनि स्पष्ट पारे।
सभामुख घिमिरेले भने, ‘पत्रकारहरूले जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्थ्यो, त्यो छैन। पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो छ। अझ भन्ने हो भने पत्रकारहरू विक्रीमा छन्। सभामुखले संघ विक्रीमा छ भन्यो भन्लान् भनेर मैले यसलाई रोकिरहनु पर्दैन। तपाईंहरूले त्यो भन्नु पनि हुँदैन।’
सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे।
उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए। सभामुख घिमिरेले सरकार र पत्रकारहरूबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चारक्षेत्रको समस्या झनै बढेर गएको बताए।
उनले भने, ‘बिग हाउसहरूले प्रभावित पारेको छ। थर्काएर गरेको छ। किनेर गरेको छ। फकाएर गरेको छ। अनेक ढंगबाट गरेको छ। त्यसको प्रभाव हाम्रो सोसाइटीमा निकै परेको छ।’
त्यस अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले मिडियामैत्री कानून निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments