राजनीतिक खोल ओढेर रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछाने फुत्किन खोज्दैै
- चैत्र ३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने माथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित दुई दिनअघि सरकारी वकिल कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदनमा बुझाएको छ । लामिछानेले झुटो विवरण पेश गरेको पुष्टि नहुने भएकाले उनीमाथि मुद्दा चलाउनु नपर्ने प्रहरीको राय छ ।
कुनै पनि फौजदारी कसुर हुने जाहेरीका आधारमा मुद्दा नचल्ने भएमा प्रहरीले पेश गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलले निर्णय गर्नुपर्ने व्यवस्था छ । यसरी हुने निर्णय उच्च सरकारी वकिलको कार्यालय, पाटन हुँदै महान्यायाधिवक्ता कार्यालय पुग्छ ।
महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव) को रायसहितको फाइल महान्यायाधीवक्ता समक्ष पेश हुन्छ र महान्यायाधिवक्ताको निर्णय अन्तिम हुन्छ ।
एक अधिकृतका अनुसार रायसहितको प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि सरकारी वकिलसँग छलफल भयो । त्यही छलफलपछि मुद्दा नचलाउने सुझावसहितको अनुसन्धान प्रतिवेदन बुझाउन तयार भएको स्रोतले बताएको छ ।
रविको मुद्दामा राजनीति पनि जोडिएको छ । २२ माघमा सरकारबाट पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएका रविले समर्थन फिर्ता लिएका छैनन् । २५ फागुनको राष्ट्रपति निर्वाचनमा पनि उनको दल रास्वपाका सांसदहरुले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका रामचन्द्र पौडेललाई मत दिए ।
स्रोतका अनुसार अहिले पनि रास्वपा सभापति प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरु निरन्तर सम्वादमा छन् । रविले १० वैशाखको उपचुनावपछि आफ्नो दल सरकारमा आउने प्रष्ट सन्देश दिने गरेको एक नेताले सुनाए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments