•  २६ पुष २०८१, शुक्रबार

धार्मीक महत्व
कर्म, न्याय, र प्रतिशोधका देव शनि देव

- चैत्र ४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

शनि वा शनैश्चरा (शनैश्चर),जे भन्दा पनि हुन्छ । हिन्दू धर्ममा शनि ग्रहको दिव्य अवतारलाई जनाउँछ । हिन्दू ज्योतिषमा नौ स्वर्गीय वस्तुहरू (नवग्रह) मध्ये एक हो । शनि पुराणहरूमा एक पुरुष हिन्दू देवता पनि हो ।
जसको प्रतिमामा कालो आकृति तरवार वा डन्डा (राजदण्ड) बोकेको हुन्छ र कागमा बसेको हुन्छ । कर्म, न्याय, र प्रतिशोधका देवता हुन शनि । व्यक्तिको विचार, बोली, र कर्म को आधारमा परिणाम प्रदान दिने देवता हुन । शनिले दीर्घायु, दुःख, वृद्धावस्था, अनुशासन, प्रतिबन्ध, जिम्मेवारी, ढिलाइ, महत्वाकांक्षा, नेतृत्व, अधिकार, नम्रता, इमानदारी र अनुभवबाट जन्मेको बुद्धिको नियन्त्रण गर्छन् । आध्यात्मिक तपस्या, तपस्या, अनुशासन, र ईमानदार कामलाई पनि संकेत गर्ने गर्छन् । शनि देवले दुई पटक विवाह गरे ।

पहिलो नीला, नीलो नीलमणि रत्नको अवतार र दोस्रो गन्धर्व राजकुमारी मण्डासँग । शनिको दृष्टिलाई खराब हुन्छ भनिएको छ, देवीदेवताहरूको त के कुरा भयो र यिनका कारणले शिवजीले समेत साँढे बनेर जङ्गलजङ्गलमा भौंतारिनु परेको प्रसङ्ग पनि सुन्न पाइन्छ। रावणजस्तो शक्ति र सामर्थ्ययुक्त राजाले पनि शनिश्चरकै प्रभावकालमा मृत्युवरण गर्नु परेको प्रसङ्ग पनि यिनको महत्व बताउने क्रममा उल्लेख गरिन्छ ।

शनि भगवान् सूर्यका पुत्र हुन्, यमराज(काल) यिनका भाइ हुन् भने यमुनालाई यिनकी बहिनीका रूपमा लिइन्छ।
पुराणमा शनि ग्रहका बारेमा प्रशस्त कथाहरू प्राप्त हुन्छन्। ब्रह्मपुराणका अनुसार पिता सूर्यले यिनको विवाह चित्ररथ गन्धर्वकी छोरीसँग गरिदिए। यिनकी पत्नी परम तेजस्वी थिइन्।

कुनै एकदिनको रात्रीकालमा उनी ऋतुदानको कामना गर्दै शनिसमीपमा पुगिन्, तर त्य्ससमयमा यिनी भगवान् श्रीकृष्णको आराधनामा ध्यानमग्न थिए। कामतुर पत्नीले धेरैबेर प्रतीक्षा गर्नुपर्यो र उनको ऋतुकाल निष्फल हुनपुग्यो। त्यसैले उनकी कामक्रुद्धा पत्नीले यिनलाई आफुतर्फ फर्कँदै नफर्की ध्यानमा एकोहोरिएको देखेर श्राप दिइन् ।

आजबाट तिमीले जसलाई हेर्नेछौ, तिम्रो दृष्टि पर्नासाथ त्यसको नाश हुनेछ। झ्वाँकमा आफ्ना पतिलाई उनले सराप्न त सरापिन् तर पछि आफुले गरेको गल्तीमा उनलाई पछुतो भयो। पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य र शक्ति शनिदेवमा थिएन, त्यसैले त्यसपछि भरिशक्य आफ्नो दृष्टि कसैमा नपरोस् भनेर उनी टाउको निहुर्याएर बस्नथाले। उनी आफ्नो कारणले कसैलाई पनि अनिष्ट नहोस् भन्ने चाहन्थे ।

शनि ग्रहहरुकोे ग्रह
शनिग्रह सौर्यमण्डलमा सूर्यबाट छैटौँ ग्रह हो। यो यौटा ग्यासको पिण्ड हो जसमा ग्यास नै ग्यास रहेको छ र शायद यसमा ठोस सतह नै छैन। यसको वरिपरी एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ र खनिज चट्टानले बनेको छ।
शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किन भनें यो एकदम तिब्र गतिले घुम्छ। शनि सौरमण्डलको एउटामात्र त्यस्तो ग्रह हो जसको घनत्व पानीको भन्दा कम छ। त्यसैले यदि शनिलाई ठूलो पोखरीमा राख्ने हो भने पोखरीमा शनि तैरने छ।


शनिका धेरै उपग्रह छन्। ३० वटा उपग्रह हरूको नामाकरण गरीएको छ । बाँकीका उपग्रहका नाम छैनन्। १९८० भन्दा पहिले भेटाइएका वा पत्ता लगाइएका उपग्रह टाइटन, रिया, , डायोनी, टिथिस, एन्सेलडस, माइमस, हाइपेरियन, फिबी र ज्यानस भनिन्छ। टाइटन शनिको सबैभन्दा ठूलो उपग्रह हो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर