•  २६ पुष २०८१, शुक्रबार

विश्व परिवेश
रुसी राष्ट्रपति पुटिनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले पक्राउ पुर्जी जारी गर्यो

- चैत्र ४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले भ्लादिमिर पुटिन माथि युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा रुसमा पु¥याइएको सहित युद्ध अपराधका लागि जिम्मेवार रहेको आरोप लगाउँदै पक्राउ पुर्जी जारी गरेको छ ।
त्यसैबेला रुसले युक्रेनमाथि पूर्ण मात्रामा आक्रमण सुरु गरेको थियो । आईसीसीले पुटिनलाई बालबालिकाको निर्वासनमा संलग्न भएको आरोप लगाएको छ।

अदालतले रुसी नेताले बालबालिकालाई देशबाट भाग्नुपर्ने अवस्था बनाउन अरूलाई रोक्नका निम्ति आफ्नो अधिकार प्रयोग गर्न पनि असफल भएको बताएको छ। रुसकी बालअधिकार आयुक्त मारिया लभोभा बेलोभालाई पनि आईसीसीले खोजी सूचीमा राखेको छ।
रुसी विदेश मन्त्रालयका प्रवक्ताले पक्राउ पुर्जी अर्थहीन भएको बताएका छन्। “अन्तर्राष्ट्रिय फौजदारी अदालतका निर्णयले हाम्रो देशका लागि कानुनी दृष्टिकोण सहितको कुनै अर्थ राख्दैनन्,“ मारिया जाखारोभाले भनिन्।

उनले त्यसो भन्नुको कारण पक्राउपुर्जी जारी भए पनि आईसीसीसँग सन्दिग्धलाई गिरफ्तार गर्ने कुनै शक्ति छैन र अदालत स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरिएका देशहरूमा मात्र उसले आफ्नो अधिकारको प्रयोग गर्न सक्छ।
रुस आईसीसीसम्बन्धी सम्झौताको हस्ताक्षरकर्ता होइन, त्यसले गर्दा पनि उक्त देशबाट सुपुर्दगी हुने सम्भावना छैन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर