मौसम जानकारी
उपत्यकामा शनिबार पनि हावाहुरीसहित वर्षाको सम्भावना
- चैत्र ४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
उपत्यका र आसपासका ठाउँका साथै देशका पहाड र तराई–मधेशका क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उपत्यकामा शनिबार पनि हावाहुरीसहित वर्षाको सम्भावना देखीएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारदिनभर नै देशभर मौसम आंशिक बदली हुने देखिएको छ। राति कोशी, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना छ। विभागले चट्याङ र हावा हुरीबाट क्षति हुन नदिन आवश्यक तयारीका साथ सतर्कता अपनाउन अनुरोध छ।
कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा बिहानैदेखि पानी परिरहेको महाशाखाका मौसमविद्ले बताएका छन्। महाशाखाका अनुसार सोमबारसम्म नै देशका विभिन्न स्थानमा वर्षाको अनुमान गरिएको छ।
आइतबार हल्का देखि मध्यम र सोमबार मधेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments