तिलोत्तमा गोल्डकप
११ लाख ११ हजार एक सय ११ रुपैयाँ रासीको फुटवल प्रतियोगीता शनिवारबाट सुरु

- चैत्र ४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
बुटवल ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरू भएको तिलोत्तमा गोल्डकप प्रतियोगिता विगत २३ वर्षदेखि रुपन्देही जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।
अहिले २२ औं संस्करणको शनिवार देखी सुरु हुन् आटेको प्रतियोगीताको उद्घाटन खेलमा रुपन्देही– ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुनेछ । बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको उद्घाटन दिउँसो २ बजे र खेल तीन बजे सुरु हुने रुपन्देहीजिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए । प्रतियोगिता अवलोकनका लागि पाँच हजार क्षमताको स्थायी प्याराफिटसँगै दुई हजार ५०० जना क्षमताको दुई वटा अस्थायी प्याराफिट तयार गरिएको छ । पहिलो चरणका खेल अवलोकनका लागि दुई सय र एक सय रुपैयाँको टिकट दर कायम गरिएको छ ।

कोरोना महामारी र आर्थिक अभावका कारण चार वर्षसम्म रोकिएको प्रतियोगितामा दुई विभागीयसहित ८ टिमले भाग लिएका छन् । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा नेपाल पुलिस, एपीएफ क्लब, हिमालय शेर्पा, थ्री स्टार, फ्रेण्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लब सहभागी हुने रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।
चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँवा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेलाई पनि ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । २०७५ सालमा भएको २१औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो । चार वर्षअघि विजेताले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले पाँच लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर