•  २६ पुष २०८१, शुक्रबार

स्ववियू निर्वाचन
दाङको महेन्द्र बहुमुखी क्याम्पसमा चैत ८ निर्वाचन हुने

- चैत्र ४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
दाङ ।

क्याम्पस प्रशासनले अनाधिकृत रुपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको भन्दै त्यसबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग क्याम्पसमा विप्लवको अखिल (क्रान्तिकारी) का बिधार्थीहरुले तालाबन्दी गरेका थिए ।

क्याम्पसमा तालाबन्दी गरिएको बिषयमा विप्लवको अखिल (क्रान्तिकारी) र दाङको महेन्द्र बहुमुखी क्याम्पस बीच शुक्रबार भएको सहमति अनुसार स्ववियू निर्वाचनलाई चैत ८ गतेका लागि सारिएको हो ।

शुक्रबार अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसी, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष खुमबहादुर केसी(खुमन) र महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियू निर्वाचन समितिका संयोजक कुलबीर चौधरी र क्याम्पस प्रमुख भरतराज न्यौपानेबीच भएको छलफल अनुसार अखिल (क्रान्तिकारी)ले गरेका मागलाई सम्बोधन गर्दै स्ववियु निर्वाचन सारिएको हो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर