•  २६ पुष २०८१, शुक्रबार

विश्व परिवेश
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका खान अदालतमा उपस्थित – खानको घरमा प्रहरीको छापा

- चैत्र ५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता इमरान खान लाई प्रधानमन्त्री पदमा हुँदा राज्यका उपहारहरू बेचेको लगाइएका मुद्दाका कारण उनलाई अदालतमा उपस्थित गराईएको छ ।
अदालत पुगेका खानलाई पक्राउ हुन् बाट जोगाउनका लागि उनको दलका सयौँ कार्यकर्ताहरूले खान चढेको कारलाई घेरेर राखेका थिए।
त्यसक्रममा प्रहरी र खानका कार्यकर्ता एवम् समर्थकबीच झडप भएको थियो। प्रहरी र खानका कार्यकर्ताबीचको झडपका कारण शनिवार उनीमाथि लागेको मुद्दाबारे अदालतमा सुनुवाइ भने हुन सकेन।
अराजक अवस्थाका कारण खान अदालतभित्र प्रवेश गर्न असमर्थ देखेपछि न्यायाधीशले उनको सुनुवाइ स्थगित गरिदिएका हुन्।
न्यायाधीशले उनलाई अदालतमा उपस्थिति जनाएर र घर फर्कन सक्ने अनुमति दिएका थिए । समाचार एजेन्सी सँग संक्षिप्त कुरा गर्दै उनले “आफूलाई एक्ल्याएर पक्राउ गर्नका लागि सरकारले सबै नाटकीय कार्यहरू गरेको“ बताएका छन्।
घरमा प्रहरीको छापा
यसअघि खानको लाहोरस्थित जमान पार्कमा रहेको घरबाहिर प्रहरीले विभिन्न गतिविधि गरेको थियो। घरबाहिर ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको र त्यहाँ बुलडोजर पनि ल्याइएको थियो। जियो न्यूजसँग कुरा गर्दै प्रहरी अधिकारीले इमरान खानको घरभित्र पस्ने क्रममा भित्रबाट गोली चलेको र प्रहरीलाई निसाना बनाइएको बताएका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर