विश्वासको मतबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
- चैत्र ५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारको संसद बैठकमा विश्वासको मत लिन लागेका छन् ।
विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बस्दै छ ।
बैठक बिहान साढे १० बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसबारे छलफल गर्न आज नै कांग्रेसको संसदीय दलको बैठक पनि बस्दैछ । बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ ।
दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । यही बैठकबाट कांग्रेस सत्ता पक्षको बेन्चमा र नेकपा एमाले प्रतिपक्षीको बेन्चमा सर्ने तयारी छ ।
यसअघि १७ फागुनको बैठकमा दुवै प्रतिपक्षको बेन्चमा बस्ने स्थिति आएपछि उक्त बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments