स्ववियू निर्वाचन
निर्वाचनको तयारी पूरा भए पनि केही प्रतिनिधि आएर हस्ताक्षर गर्न बाँकी भएकोले त्रिविमा मतदान ढिला
- चैत्र ५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
स्ववियू निर्वाचनको तयारी पूरा भए पनि केही प्रतिनिधि आएर हस्ताक्षर गर्न बाँकी भएकाले मतदानमा ढिलाइ भएको छ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा ।
मतदानको समय भने बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म निर्धारण गरिएको छ । प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा भने मतदान सुरु भइसकेको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरुले मुख्य प्रवेशद्वारमा परिचयपत्र हेरेरमात्र प्रवेश गर्न दिएका छन् ।
त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियू निर्वाचन हुनेछ । त्रिविसँगै मध्यपश्चिम विश्वविद्यालयमा पनि आजै स्ववियू निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।
स्ववियूुमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।
हरेक २/२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालपछि हुन सकेको छैन । २०७३ चैतमा स्ववियूुको निर्वाचन गरिए पनि सबै क्याम्पसमा हुन सकेको थिएन । विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो÷ढिलो हुनसक्ने त्रिविले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments