एफए कप
हालान्डको ह्याट्रिकले म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश
- चैत्र ५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक सहयोगमा सानदार जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिटीले च्याम्पियनसिप क्लब बर्नलेमाथि ६–० को सानदार जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । सिटीको जितमा हालान्डले ह्याट्रिक पूरा गर्दा जुलियन अल्भारेजले दुई तथा कोल पाल्मेरले एक गोल थपे ।
इतिहाद स्टेडियममा शनिबार राति भएको एकपक्षीय खेलमा सिटीले पहिलो हाफमा २–० को अग्रता बनाउँदा दोस्रो हाफमा ४ गोल थपेको थियो ।
३२औं मिनेटमा हालान्डको गोलबाट सिटीले खेलमा १–० को अग्रता लिन सफल भयो । उनले अल्भारेजको पासमा गोल गर्न सफल भए । ३५औं मिनेटमा हालान्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले अघि बढ्यो । उनले फिल फोडेनको पासलाई सदुपयोग गरे ।
५९औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे । गोल मेसिन हालान्डको यो पछिल्लो दुई खेलमा लगातार ह्याट्रिक हो । यसअघि हालान्डले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० को जितमा ह्याट्रिकसहित ६ गोल गरेका थिए ।
६२औं मिनेटमा केभिन डि ब्रुएनाको पासमा जुलियन अल्भारेजले गोल गरेपछि सिटी खेलमा ४–० ले अघि बढ्यो । ६८औं मिनेटमा कोल पाल्मेरले तथा ७३औं मिनेटमा अल्भारेले ब्रुएनाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्दै सिटीलाई फराकिलो जित दिलाए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments