•  २६ पुष २०८१, शुक्रबार

भारतीय यूट्यूबर मनिषको झुठो अफवाहले त्यहाँ रहेका नेपाली कामदारलाई पनि असर

- चैत्र ५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बिहारका चर्चित यूट्यूबर मनिष कश्यपलाई मिथ्या सूचना फैलाएको आरोपमा बिहार प्रहरीले खोजी गरिरहेको बेला उनी आफैले प्रहरीमा आत्मसर्मपण गरेका छन् । मनिषले दक्षिण भारतीय राज्य तमिलनाडुमा भारतको अर्को राज्य बिहारका मजदुरहरु माथि सांघतिक हमला भै रहेको भन्दै यूट्यूब मार्फत झुठो अफवाह फैलाएका थिए ।
यसरी सामाजिक सञ्जालमा तमिलनाडुमा प्रवासी कामदारमाथि हमला भएको अफवाह फैलिएपछि त्यहा कार्यरत नेपाली मजदुरहरूले समेत आफूहरूले “असुरक्षा महसुस गरेको” र “त्रासमा काम गरिरहेको” बताएका थिए।
त्यसबारे जानकारी दिँदै बिहार प्रहरीले ट्विटरमा भनेको छ, “तमिलनाडुमा कार्यरत बिहारका बासिन्दाबारे झूटो, भ्रामक र उन्मादपूर्ण भिडिओ प्रसारित गर्ने र आर्थिक अपराधसम्बन्धी मुद्दा नम्बर ३/२३ र ४/२३ का अभियुक्त मनीष कश्यपले‘ बेतियाको जगदीशपुर थानामा आत्मसमर्पण गरेका छन्।“

असरमा परे नेपाली कामदार
कश्यपसहित कैयौँ व्यक्तिहरूले सामाजिक सञ्जालमा तमिलनाडुमा बिहारी मजदुरहरूमाथि सांघतिक हमला भएको र कतिपयको हत्या गरिएको अफवाह फैलाएपछि त्यसको असर उक्त राज्यमा कार्यरत नेपाली कामदारहरुलाई पनि परेको थियो।
भारतीय सञ्चार माध्यम सँग कुरा गर्दै राज्यको विभिन्न स्थानमा कार्यरत नेपाली कामदारहरूले चिन्ता प्रकट गरेका थिए ।
यद्यपि प्रवासी नेपाली सम्बद्ध नेताले भने नेपालीहरूमाथि “कुनै पनि खालको हिंसा नभएको” भन्दै “नडराउन” नेपालीहरूलाई अपिल गरेका थिए।
भारतस्थित नेपाली राजदूत शंकर शर्माले उक्त क्षेत्रका नेपाली नागरिकहरूसँग दूतावास निरन्तर सम्पर्कमा रहेको र “कुनै अप्रिय घटना भए दूतावासलाई तुरुन्तै जानकारी गराउन” नेपाली समुदायलाई आग्रह गरिएको जानकारी दिएका थिए।
केही साताअघि देखि तमिलनाडुमा कार्यरत उत्तर भारतीय विशेषगरी बिहारका मजदुरहरूमाथि कुटपिट भएका विवरण सामाजिक सञ्जालबाट सार्वजनिक भइरहेका थिए।

सामाजिक सञ्जालमा बिहारका मजदुरहरूलाई कुटपिट गरिएको भन्दै पुराना भिडिओहरू पनि प्रसारित गरिएको तथ्य जाँच गर्ने कतिपय भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तमिलनाडु सरकार र बिहार सरकारले समेत उक्त विषयलाई “अफवाह” भनेका थिए।
तमिलनाडु राज्यका विभिन्न स्थानमा नेपालीहरू सुरक्षा गार्ड, निर्माण, होटल तथा रेस्टुराँ, पसलहरू तथा विभिन्न उद्योगमा पनि कार्यरत रहेको त्यहास्थित नेपालीहरू बताउँछन्। तिरुपुर तथा आसपास क्षेत्रमा मात्र आफू ७ सय भन्दा बढी नेपालीहरु रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर