•  ११ पुष २०८१, बिहीबार

एकीकृत समाजवादीका दुई भुसालमा एक महासचिव एक उपाध्यक्ष

- चैत्र ५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)ले घनश्याम भुसाललाई महासचिव बनाएको छ । आइतबार बसेको सचिवालयको बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो ।
यसअघिका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ । एमाले छाडेर स्वतन्त्र लडेका भुसाल चुनावमा पराजित भएपछि एकीकृत समाजवादीमा लागेका थिए ।
बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।
केन्द्रीय सचिवालय सदस्यको संख्या १९ पु¥याइएको छ । पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आइतबारबाट सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर