प्रतिनिधि सभा
‘पत्रकार बिक्रीमा छन’ भन्ने सभामुखको अभिव्यक्तिले संसदमा हंगामा
- चैत्र ५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सभामुख देवराज घिमिरेले केही अगाडी नेपाल पत्रकार महासंघका पदाधिकारीहरु सँगको भेटघाटको क्रममा ‘पत्रकार बिक्रीमा छन’भनेर दिएको अभिव्यक्तिलाई संसदमा प्रश्न उठेको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुख नै आफना अभिव्यक्तिलाई लिएर अहिले चर्चामा रहनु भएको भन्दै त्यस्तो अभिव्यक्ति प्रेश स्वतन्त्रतामा माथि कस्तो असर पर्छ त्यो सोच्नु पर्ने विषय भएको बताएका छन् ।
बोल्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुखले बोलेको विषय सार्वजनिक महत्वको विषय भएकाले छानबिन समिति गठन गर्नुपर्ने बताए ।
प्र्रतिनिधि सभामा बोल्ने क्रममा सांसद सुवालले दार्चुलामा महाकाली नदी मिचिएको विषयमा बोल्दैनौँ भने यो संसदको काम के? भन्दै प्रश्न गरेका छन्। उनले शनिबार बसेको तीन दलको बैठकबारे पनि आपत्ति जनाए।
सबै पत्रकार त्यस्तो नहोला कुनकुन हो पित पत्रकारिता चलाउने? त्यो सभामुख महोदयबाट छानबिन समिति हुनुपर्यो। सभामुखबाट उठेको विषय सार्वजनिक महत्वको विषय हुन्छ। छानबिन हुनुपर्यो,’ सुवालले भने ।
सांसद सुवालले सभामुखको छोरीको फोन ह्याक गरेर अमेरिकामा बसेकाको पैसा ठगेको विषयमा गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई तत्काल कारबाही गर्न आग्रह गरे । उनले कारबाही नगरे संसदबाटै छानबिन समिति गठन गर्नुपर्ने बताए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments