•  २६ पुष २०८१, शुक्रबार

मोरङमा प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायर गर्यो

- चैत्र ५, २०७९ मा प्रकाशित


कासिन न्यूज
मोरङ ।

कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रर्दशनकारीहरु पक्राउ परेका छन् । प्रर्दशनकारीहरुले मुख्यमन्त्रीको कार्यालय नजिकै प्रर्दशन गरेका थिए । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग प्रर्दशनकारीहरुको छ । भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ ।
प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको थियो । त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।
प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर