फागुन महिनामा ६१ हजार ८ सय ४५ जनाले युवाले रोजगारीको लागि मुलुक छोडे

- चैत्र ५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

वैदेशिक रोजगार विभागको फागुन महिनाको तथ्यांक अनुसार नेपालबाट एक महिना (फागुन महिना) मा मात्र ६१ हजार ८ सय ४५ जनाले रोजगारीको लागि मुलुक छोडेका छन् ।
अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ । माघमा ६४ हजार २ सय ८४ जना युवा विदेशिएका थिए । यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो ।
फागुनमा ५६ हजार ७ सय १९ जना पुरुष र ५ हजार १ ससय २६ जना महिला कामको खोजीमा विदेशिएका छन् । यस अवधिमा म्यानपावर एजेन्सीमाफर्त २९ हजार २ सय ८८ जना युवा विदेशिएका छन् । व्यक्तिगत रुपमा जाने नयाँ कामदारको संख्या ५ हजार ५ सय ३६ जना छन् । जीटूजीमार्फत २ हजार १ सय ७० जना बिदेशिएका छन् । व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २४ हजार ८ सय ५१ जना रहेको छ ।

फागुन महिनाको तथ्यांक अनुसार मलेसियाका लागि १९ हजार ८ सय २४ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३सय ३ जनाले श्रम स्वीकृति लिएका छन् । युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ७ सय ९५ जना विदेशिएका छन् । साउदी अरबमा ९ हजार ५सय ३ जना पुगेका छन् ।
कुवेतका लागि २ हजार ४ सय ६२ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ । कोरियामा २ हजार २ सय २७ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ७० जनाको स्वीकृति जारी भएको छ । जापानमा ८ सय ७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५ सय ९५ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ ।
विभागका अनुसार फागुनमा विदेशिनेमध्ये ४२ हजार ७१८ जना युवा ‘दक्ष’ थिए । अदक्ष युवा १३ हजार ५ सय ८० जना विदेशिएका छन् । दक्षभन्दा माथिल्लो स्तरको योग्यता भएका ५ हजार ४ सय ४९ जना युवाले श्रम स्वीकृति लिएका छन् । प्रोफेसनल योग्यताका ६८ र उच्च दक्षता हासिल गरेका ३० जना वैदेशिक रोजगारीमा विदेशिएको तथ्यांकले देखाएको छ ।
बढी युवा विदेशिएका जिल्ला
फागुन महिनामा धनुषाबाट ३ हजार १ सय २९, झापाबाट २ हजार ७ सय ३५, मोरङबाट २ हजार ३ सय ९६, सिराहाबाट २ हजार ३ सय ४५, महोत्तरीबाट २ हजार ३सय ५, रुपन्देहीबाट १ हजार ८ सय १६ र सर्लाहीबाट १ हजार ७ सय २५ जना विदेशिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर