स्ववियू निर्वाचन
फर्जी मतदान र झडपका छिटफुट घटना बिच निर्वाचन
- चैत्र ५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको क्रममा केही क्याम्पसहरुमा भने सामान्य विवाद भएको छ भने केहीमा झडप नै भएको छ । बाजुरा जिल्लाको बुढीनन्दा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियू र नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियूबीच झडप भयो ।
झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायरसमेत गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।
त्यसैगरी राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमासमेत विद्यार्थीहरुबीच झडप भएको छ। क्याम्पसको हाताबाहिर स्ववियू निर्वाचन हुनुपर्ने र रोक्नुपर्ने भन्दै विवाद चर्किएपछि तनाव उत्पन्न भएको थियो । उक्त विवादपछि सो क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।
बागबजारस्थित शंकरदेव क्याम्पसबाट भने फर्जी मतदान गर्न खोज्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेविसंघका इकाइ सभापित दिनेश कार्कीसहित रहेका छन्। मतदानका क्रममा उनीहरु लाइनमा बसेका थिए ।
परिचय पत्र जाँच गर्ने क्रममा फर्जी भएको थाहा पाएपछि स्वतन्त्र समूह बनाएर निर्वाचनमा होमिएकाले समातेर प्रहरीलाई बुझाएका थिए ।
उपत्यकाभित्र सत्ता गठबन्धनमा रहेका दलका भ्रातृ संगठनले भागबन्डा गरेर उम्मेदवारी दिएका थिए।
कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा तत्काल स्ववियू चुनाव प्रक्रिया थाल्न उच्च अदालत पाटनले आदेश दिइसकेको छ।
यस्तै त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु चुनाव हुने जानकारी आएको छ । ‘रोकिएका क्याम्पसमा आपसी समझदारी बनाएर केही समयभित्रै स्ववियु चुनाव त्रिविको योजना छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments