•  २६ पुष २०८१, शुक्रबार

विश्व परिवेश
वयस्क चलचित्रकी नायिका स्टोर्मी ड्यानीयल्स्लाई सँगको सम्वन्धले ट्रम्पको जेल जाने सम्भावना

- चैत्र ६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

वयस्क चलचित्रकी नायिका स्टोर्मी ड्यानीयल्स्लाई आफूसँगको सम्बन्धबारे मौन बस्न भन्दै सन् २०१६ को राष्ट्रपति निर्वाचनमा दिएको रकमसँग सम्बन्धित छ । ७६ वर्षका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भइरहेका कैयौँ अनुसन्धानमध्ये एक हो ।
उनलाई हालसम्म कुनै अभियोग लगाइएको छैन। ट्रम्पले आफूले कुनै पनि गल्ती नगरेको बताउने गरेका छन्।
ड्यानीयल्स् र अरु महिलाहरुलाई मौन बस्न भन्दै ट्रम्पका वकिलहरुले उनका तर्फबाट पैसा दिएका थिए। ट्रम्पले आफूलाई अभियोग लगाइए पनि सन् २०२४ को राष्ट्रपति चुनावमा रिपब्लिकन दलका तर्फबाट उम्मेदवार बन्न प्रयास जारी राख्ने बताएका छन्। कुनै पनि पूर्व अमेरिकी राष्ट्रपतिलाई हालसम्म अभियोग लगाइएको छैन। तर ट्रम्पका वकिलहरुले उनले साधारण कानुनी प्रक्रिया पालना गर्ने बताएका छन्।


साधारण रुपमा प्रतिवादीहरु कि पक्राउ पर्छन् वा अधिकारीहरूसमक्ष आत्मसमर्पण गर्छन्। गम्भीर खालको अपराध गरेको अवस्थामा हतकडी लगाइएको हुन्छ। उनीहरुको तस्बिर र औँलाको छाप पनि लिइन्छ। प्रारम्भिक सुनुवाइपछि लेनदेन जस्ता विषयका यस्ता अपराधमा अर्को सुनुवाइको मिति अघिसम्म प्रतिवादीलाई रिहा गर्ने गरिन्छ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई मंगलवार पक्राउ गरिने अपेक्षा गरेको भन्दै आफ्ना समर्थकहरूलाई सामूहिक प्रदर्शन गर्न अनुरोध गरेका छन्। तर उनका वकिलहरूले कानुन कार्यान्वयन गर्ने निकायबाट कुनै खबर नआएको जनाउँदै पूर्व राष्ट्रपतिको टिप्पणी सञ्चारमाध्यमका विवरणमा आधारित रहेको बताए।
अभियोजनकर्ताहरुले ट्रम्पलाई अभियोग लगाउने सम्भावनाबारे अध्ययन गरिरहेका छन्। खबरहरुमा त्यो यो सातामा हुनसक्ने जनाइएको छ। यदि अभियोग लगाइएको खण्डमा त्यो अमेरिकाका पूर्व राष्ट्रपतिमाथि लागेको पहिलो फौजदारी मुद्दा हुनेछ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर