प्रधानमन्त्री दाहालले विश्वासको मत लिंदै
- चैत्र ६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधी सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदै छन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये दाहालले २ सय ६८ मत पाएका थिए ।
त्यो बेला सत्ता गठबन्धनमा रहेको नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए । सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले दाहालले पुनः विश्वासको मत लिन लागेका हुन् ।
समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १ सय ३८ मत पाउनुपर्छ । नेकपा एमाले, राप्रपा, नेमकिपा र एक जना स्वतन्त्र सांसद योगेन्द्र मण्डल विश्वासको मतको विपक्षमा रहे पनि अहिलेको सत्ता समीकरणको अवस्था हेर्दा दाहालले विश्वासको मत पाउने पक्का छ ।
दाहालले पाउनसक्ने मत
नेपाली कांग्रेसका ८९ मध्ये ८६ मत (रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित, चन्द्र भण्डारी उपचारका लागि भारतमा रहेको र टेकबहादुर गुरु» निलम्बनमा परेको ।)
माओवादी केन्द्र का ३२ मध्ये ३१ मत (वर्षमान पुन उपचारका लागि चीनमा रहेको ।) जनता समाजवादी पार्टी (जसपा)का १२ मध्ये १० मत (रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेको र शहनाज रहमानको निधन भएको ।)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० मध्ये १९ मत (सभापति रवि लामिछाने सांसद पदबाट मुक्त भएको ।)
एकीकृत समाजवादी– १०
जनमत पार्टी– ६
लोसपा– ४
नागरिक उन्मुक्ति पार्टी (नाउपा)– ४
राष्ट्रिय जनमोर्चा– १
स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंह– २
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments