स्ववियू निर्वाचन
त्रिवि केन्द्रिय क्याम्पस कीर्तिपुरमा स्ववियू सभापतिमा नेविसंघका ओझा विजयी
- चैत्र ६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरमा स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा र कोषाध्यक्षमा पदमा भुसाल , सदस्य पदमा गोमा राई विजयी भएका छन् ।
त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियू निर्वाचन भएको थियो । त्रिविसँगै मध्यपश्चिम विश्वविद्यालयमा पनि भएको छ । कतिपय क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएका छन् ।
स्ववियूुमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने नियम थियो । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिएका छन् ।
हरेक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालपछि हुन सकेको थिएन । २०७३ चैतमा स्ववियूुको निर्वाचन गरिए पनि सबै क्याम्पसमा हुन सकेको थिएन ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments