वैदेशीक रोजगार > सरकार मख्ख – व्यवसायी दिक्क
- चैत्र ६, २०७९ मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
ठिक बिहानको ६ बजेको थियो । काभ्रेका भक्तिराम दाईको चिया पसल खुलेको दुई घण्टा भै सकेको रहेछ । अर्थात उनले पसल ४ बजे नै खुलेका रहेछ । पसल भन्नाले आरामदायी सटर होइन चारपांग्रे ठेला । जहाँ एउटा ग्यास चुलो, पानीको जर्किन र केही सिसा र कागजका कपहरु थिए ।
राजधानीको अन्तराष्ट्रिय बिमानस्थलको ठूलो द्धार अगाडी पसल राखेको पनि अब त जुग भै सक्यो । तर हातमा लाग्यो शून्य । तर पनि आफनो काम देखी सन्तुष्ट छन् । यही कामको माध्यमले उनले आफनो छोरालाई रोजगारीको लागि विदेश पठाएका छन् । बिगतमा आफनो भरथेग गर्न केही साह्रो भएपनि अहिले छोरोले विदेशबाट पठाएको केही रकमले आफनो जोहो गर्न कठिन नभएको बताए भक्तिरामदाईले ।
हो अहिले नेपालबाट भक्तिराम दाईका छोरा जस्ता हजारौ युवाहरु रोजगारीको लागि विदेश हानिई रहेका छन् । जसरी भक्तिराम दाई आफनो छोराको कमाईको केही खर्चिन पाउँदा मख्ख छन् । त्यहि खुशी भक्तिराम दाईको छोरा जस्ता हजारौ युवाहरुलाई रोजगारीको लागि विदेश पठाएर एउटा परिवारको भरभोषण गराउने देखी देशलाई आवश्यकिय रेमिट्यान्स भित्राउन सहयोग गर्ने संस्थाका वैदेशीक रोजगारदाताहरु भने छैनन ।
उता नेपाल सरकारको वैदेशिक रोजगार विभाग भने आफनो तथ्यांक प्रस्तुत गर्दै मख्ख छ । विभागको तथ्यांक अनुसार फागुन महिनामा मात्र नेपालबाट ६१ हजार ८ सय ४५ जनाले रोजगारीको लागि मुलुकको भुँई छोडेका छन् ।
यसरी मासिक रुपमा देशका युवाहरुले केका लागि आफनो भुँई छोडेर बाहिरीएका छन् । यसले देशको लागि के कस्तो फाइदा गरिरहेको छ । त्यसको तथ्यांक पनि नेपाल सरकार सँग नभएको होइन । तर पनि यसरी युवाहरुलाई रोजगारीको लागि विदेश पठाउन सहयोग गर्ने वैदेशीक रोजगारदातालाई भने सरकारले आम सत्रुको रुपमा लिने गरेको बताउँछन् वैदेशीक रोजगार व्यवसायीहरु ।
अहिले प्रत्येक दिन र महिना गरी यसरी रोजगारीको लागि विदेश भाँसिनेहरुको कारणले देशको आर्थिक वातावरणको आधाहिस्सा ओगटिरहेको छ । फागुनमा मात्र ५६ हजार ७ सय १९ जना पुरुष र ५ हजार १ ससय २६ जना महिला कामको खोजीमा विदेशिएका छन् । यस अवधिमा म्यानपावर एजेन्सीमाफर्त २९ हजार २ सय ८८ जना युवा विदेशिएका छन् । व्यक्तिगत रुपमा जाने नयाँ कामदारको संख्या ५ हजार ५ सय ३६ जना छन् । जीटूजीमार्फत २ हजार १ सय ७० जना बिदेशिएका छन् ।
व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २४ हजार ८ सय ५१ जना रहेको छ । फागुन महिनाको तथ्यांक अनुसार मलेसियाका लागि १९ हजार ८ सय २४ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३सय ३ जनाले श्रम स्वीकृति लिएका छन् । युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ७ सय ९५ जना विदेशिएका छन् । साउदी अरबमा ९ हजार ५सय ३ जना पुगेका छन् ।
कुवेतका लागि २ हजार ४ सय ६२ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ । कोरियामा २ हजार २ सय २७ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ७० जनाको स्वीकृति जारी भएको छ । जापानमा ८ सय ७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५ सय ९५ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ ।
अझ भन्ने हो यसरी रोजगारीको लागि बाहिरीनेहरुका कारण जिल्लामा पनि प्रभाव पर्न थालेको छ । जसलाई सरकारले पनि राम्ररी अध्ययन गरेको छ । जसमा फागुन महिनामा मात्र धनुषाबाट ३ हजार १ सय २९, झापाबाट २ हजार ७ सय ३५, मोरडबाट २ हजार ३ सय ९६, सिराहाबाट २ हजार ३ सय ४५, महोत्तरीबाट २ हजार ३सय ५, रुपन्देहीबाट १ हजार ८ सय १६ र सर्लाहीबाट १ हजार ७ सय २५ जना विदेशिएका छन् । जसले राज्यको हरेक अंगलाई फाइदा पुग्ने गरेको छ
राज्यको हरेक अंगलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक सहयोग पुर्याईरहेका वैदेशीक रोजगार व्यवसायीहरु भने सरकारको दोचारे निति कारण जहिले पनि चिन्तित रहने गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments