एफए कप
म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश
- चैत्र ६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रिमियर लिग प्रतिद्धन्द्धी फुलहमलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । ९ खेलाडीमा समेटिएको फुलहममाथि ३–१ को पूनरागमन जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले दुई तथा मार्सेल सवित्जरले एक गोल थपे । फुलहमका एलेक्सान्डर मित्रोभिचको गोल सान्त्वना बन्यो ।
ओल्ड ट्राफोर्डमा आइतबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको सबै चार गोल दोस्रो हाफमा भएको थियो । ५०औं मिनेटमा मित्रोभिचले गोल गर्दै फुलहमलाई १–० को अग्रता दिलाए ।
७२औं मिनेटमा फुलहम ९ खेलाडीमा समेटिन पुगेपछि युनाइटेडले नाटकीय पूनरागमन गर्न सफल भयो । विलियम र मित्रोभिच सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फुलहमले खेल पनि गुमाउन पुग्यो ।
७५औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७७औं मिनेटमा मार्सेल सवित्जरले लुका साको पासमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए ।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा ब्रुनो फर्नान्डेसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै युनाइटेडलाई ३–१ को जित दिलाए । युनाइटेडको जितसँगै एफए कपको सेमिफाइनल समिकराण पूरा भएको छ । यसअघि म्यानचेस्टर सिटी, ब्राइटन र सेफिल्ड युनाइटेड सेमिफाइनलमा पुगिसकेको छ ।
अब सेमिफाइनलमा ब्राइटन र म्यानचेस्टर युनाइटेड तथा म्यानचेस्टर सिटी र सेफिल्डबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल २२ अप्रिलमा तथा फाइनल ३ जुनमा हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments