साफ यू–१७ महिला च्याम्पियनसिप
पहिलो खेलमा नेपाली टोलीले बलियो भारतसँग प्रतिस्पर्धा गर्दै
- चैत्र ६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बंगलादेशको ढाकामा सोमबार देखि शुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली टोलीले बलियो भारतसँग प्रतिस्पर्धा गर्दै च्याम्पियनसिपको सुरुवात गर्दैछ।
यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजेपछि बिएसएसएस मोस्ताफा कमल स्टेडियममा हुनेछ । बलियो भारतलाई पराजित गर्दै नेपाल च्याम्पियनसिपमा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । भारत पनि सुखद् नतिजाको लक्ष्यमा हुनेछ ।
दोस्रो खेलमा भुटानले आयोजक बंगलादेशसँग साँझ ७ बजेपछि खेल्दा दुवै टोली जितको लक्ष्यमा हुनेछ । यू–१७ च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान, भारत र रुसको सहभागिता रहेको छ ।
नेपालले मार्च २२ मा भुटान, २६ मार्चमा रसिया र २८ मार्चमा आयोजक बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपाली टोली
गोलकिपरः सुजाता तामाङ, राधिका ओली र करुणा बुढाथोकी
डिफेन्डरः अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही र रेणु लिम्बु चाबेगु
मिडफिल्डरः माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार र पुनम चेम्जोङ
फरवार्डः दीपा रोकाया, वर्षा ओली र सेनु परियार
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments