•  २६ पुष २०८१, शुक्रबार

पछि हट्यो सरकार
रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय

- चैत्र ६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको छ । केही दिन अघि कृषि तथा पशुपन्छी मन्त्रालयमा बसेको बिषयगत समितीको बैठकले मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयको सडक र सदन दुबै तर्फबाट चौतर्फी दबाब आएपछि सरकार निर्णय फिर्ता गर्न बाध्य भएको छ । रासायनिक मलमा कृषकलाई दिएको अनुदान कटौती गरेर मूल्य बढाएको भन्दै विभिन्न राजनीतिक दलका किसान संगठनहरूले सडकमा चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका थिए।
त्यस्तै, आइतबारको संसद् बैठकमा समेत प्रमुख प्रतिपक्ष दलहरू तथा विभिन्न सांसदहरूले सरकारले मलमा अनुदान कटौती गरेको विषयमा चर्को आलोचना गरेका थिए।

सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि मात्रै आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय गरेको बताएकी छिन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर