प्रधानमन्त्री दाहालको प्रस्तावमा कसले के भने ?
- चैत्र ६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
माधव नेपाल
अध्यक्ष एकिकृत समाजवादी
सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले फागुन १२ गते बनेको १० दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन्।
‘फेरी अर्को वैशाखमा विश्वासको मत लिनुपर्ने अवस्था त आउँदैन? म अस्वभाविक ठान्दिनँ। तर, त्यो अवस्था आउँदैन भन्ने मलाई विश्वास छ। यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ। यही गठबन्धनले राजनीतिक स्थायित्व दिन्छ। देशलाई विकासको बाटोमा अगाडि लिएर जान्छ,’ उनले भने।
अध्यक्ष नेपालले राष्ट्रका सामु रहेका सबै चुनौतीको समना गर्न यो गठबन्धन एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे।
बिष्णु पौडेल
उपाध्यक्ष एमाले एवं सांसद
नेकपा (एमाले) का उपाध्यक्ष एवं सांसद बिष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० मा बनेको गठबन्धनबाट पुरानै गठबन्धनमा फर्किनुको कारण दिनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतमाथिको प्रस्तावमा भएको छलफलमा बोल्दै पौडेलले पुस १० गते गठबन्धन बन्नुको पृष्ठभूमि उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड अर्को दिनदेखि नै पुरानो गठबन्धनमा फर्किन खोजेको बताए।
‘तपाईंलाई पुरानै गठबन्धनमा फर्किनु थियो भने हामीसँग सहयात्रा गर्न किन सहमत हुनुभयो?,’ पौडेलले भने,‘तपाईंले अहिले जवाफ नदिनु होला तर इतिहासले यो प्रश्नको जवाफ खोज्नेछ।’एमालेलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने पौडेलको जिकिर थियो।
राजेन्द्रप्रसाद लिङदेन
अध्यक्ष राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको बताएका छन्।
अध्यक्ष लिङदेनले भने,‘हामीले त लाइसेन्स प्राप्त ड्राइभरलाई गाडी चलाउन दिएका थियौँ । तर उहाँ स्टार्ट गर्न नपाउँदै पुरानै गाडी चलाउँछु भनेर झर्नुभयो । त्यसपछि हामी सरकारमा बसिरहन सकेनौँ । समर्थन फिर्ता लियौँ । तर उहाँले धोका दिनुभयो । यो मुलुकमा नैतिकता पनि हुन्छ भनेर हामीले देखायौँ । प्रधानमन्त्री दिइरहेको गाडी छोडेर भाग्नुभयो ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments