मुख्यमन्त्री कार्कीको सवारी तोडफोडको प्रयास
- चैत्र ६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा सोमबार ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ११ मिलन चोकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सवारी तोडफोडको प्रयास भएको छ । प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध नाराबाजी पनि गरेका थिए ।
आइतबार विराटनगरमा करिब पाँच हजार प्रदर्शनकारी भेला भएर पहिचानको आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप पनि भएको थियो ।
जिल्ला प्रहरी कार्यालय ओखढुंगाका डीएसपी दीपकबहादुर केसीले प्रदर्शनकारीले मुख्यमन्त्रीको सवारीलाई अवरोध गर्न खोजेपछि प्रहरीले हटाएको बताए ।
मुख्यमन्त्रीको सवारीमा कुनै क्षति नभएको बताउँदै उनले आन्दोलनकारीलाई प्रहरीले सामान्य बल प्रयोग गरेर हटाएको बताए । ‘मुख्यमन्त्रीको सवारीका क्रममा आन्दोलनकारीले गाडी अगाडि आएर रोक्न खोजे, हामीले हटायौं,’ उनले भने, ‘सवारी साधनमा क्षति भएको छैन ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments