चितवनमा हुने उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना उम्मेदवारको आकांक्षी
- चैत्र ६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
चितवन ।
चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार आकांक्षी ११ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।
गत निर्वाचनमा पराजय भोगेका कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठसहित जिल्ला पार्टी सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, देवेन्द्र गुरुड, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम सिफारिस गरिएको हो ।
नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं. २ चितवनको बैठकले उनीहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाएको क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिए ।
क्षेत्रीय कार्यसमितिको पदाधिकारीहरुको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरेर चितवन क्षेत्र नं २ बाट विविध कारणले कांग्रेसको कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवाको लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै तनहुँ निर्वाचन क्षेत्र–१ र बारा–२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ । तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए ।
आयोगका अनुसार दुवै क्षेत्रमा चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम लागू गरिनेछ । आयोगका अनुसार तनहुँ–१ र बारा–२ को उपचुनावका लागि ८ देखि चैत १२ गतेसम्म दल दर्ताको समय दिइनेछ ।
१६ चैतमा मतदाता नामावली प्रकाशन हुनेछ भने २० गते उम्मेदवारी दर्ता हुनेछ । दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments