विश्व परिवेश
इराकबारे भेट्याउन नसकिएको रहस्य जुन अहिले पनि इराकको गर्भ मै
- चैत्र ७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बेलायतले आमविनाशकारी अस्त्र (डब्ल्यूएमडी)का कारण इराक युद्धमा आफनो सहभागिताको औचित्य अहिले पनि दावी गर्दै आइरहेको छ । इराकी नेता सद्दाम हुसेनलाई सत्ताच्यूत गराउनको लागि अमेरिकाको लागि आमविनाशकारी अस्त्र (डब्ल्यूएमडी) सबै भन्दा महत्वपूर्ण औजार थिया । यदि सद्दाम हुसेनसँग रबर ब्यान्ड र पेपर क्लिप मात्र भएको भए पनि हामीले इराकमा आक्रमण गर्ने थियौं भन्ने जस्ता अलौलिक बिचारहरु अमेरिकीहरुले गर्ने गरेका छन् ।
अन्योलमा रहेका सर्वसाधारण मानिसलाई इराकबारे कुरा बुझाउन बेलायत र अमेरिका सँग डब्ल्यूएमडी – रासायनिक, जैविक र पारमाणविक अस्त्रहरू – बाट उत्पन्न हुने परिस्थिती नै मुख्य बिषय थियो ।
इराकले डब्ल्यूएमडी कार्यक्रमहरू फेरि थालेको र तिनबाट ठूलो जोखिम भएको देखाउने कुनै पनि नयाँ वा विश्वसनीय गुप्त सूचना बेलायत वा अमेरिकाले प्राप्त गर्न सकेको थिएन । सन् २००२ को सुरुतिरको सरकारको दृष्टिकोणबाट डब्ल्यूएमडी एउटा मात्र यस्तो अंकुस थियो । जसको कारण इराकको हरेक चाललाई दुई मुलुकले पच्छ्याउन सक्थे ।
सन् २००२ को वसन्तयाममा गुप्तचरी सूचना पूर्णतः विश्वसनीय थिएन। लामो समयदेखि इराकमा रहेका एमआईसिक्सका गुप्तचहरूसँग डब्ल्यूएमडीबारे निकै कम जानकारी थियो वा छँदै थिएन। अनि विशेषगरी सेप्टेम्बरमा एउटा नयाँ मिसिल बनाउने योजना बनेपछि उक्त मुद्दालाई बलियो बनाउनका लागि नयाँ स्रोतहरूबाट आतुरीपूर्वक गुप्त सूचना खोजिएको थियो ।
केही नयाँ स्रोतहरूका अनुसार पैसाका लागि वा सद्दाम सत्ताच्युत भएको हेर्न कपोलकल्पित सूचना दिने पनि धेरै थिए ।
सन् २००३ को ज्यानुअरीमा सद्दाम हुसेनको जासुसी सेवाबाट भागेका एक व्यक्तिलाई जोर्डनमा भेट्दा उनले संयुक्त राष्ट्रसंघीय निरीक्षकहरूले थाहा नपाउनेगरी जैविक अस्त्र बनाउने घुम्ती प्रयोगशालाहरू बनाउन सद्दामलाई साथ दिएको बताएका थिए ।
सन् २००३ को फेब्रुअरीमा राष्ट्रसंघमा अमेरिकी विदेशमन्त्री कोलिन पावलले गरेको एउटा प्रस्तुतिमा ती पूर्वगुप्तचर अधिकारीले गरेका दाबीहरू पनि समाविष्ट गरियो। यद्यपि अमेरिकी सरकारभित्रकै केहीले पहिले नै त्यो सूचनालाई विश्वास गर्न सकिँदैन भनेर “बर्न नोटिस“ अर्थात् “त्यसलाई विश्वासन नगर्नू“ भन्ने सूचना जारी गरिसकेका थिए। अमेरिका र यूकेले विश्वास गरेका र गुप्त नाम “कर्भबल“ राखिएका एक स्रोतले पनि प्रयोगशालाहरूबारे कृत्रिम विवरणहरू उपलब्ध गराइरहेका थिए । तर पनि यी दुई मुलुकले सद्दामको सफाया गर्न सकिरहेका थिएनन ।
एक इराकी वैज्ञानिकले पछि खुलासा गरेअनुसार उनीहरूले जमिनमा खन्याएर एउटा घातक यौगिक नष्ट गरेका थिए। पश्चिमी गुप्तचर निकायहरूले उक्त यौगिक फेला नपरेको बताएका थिए। तर सद्दाम हुसेनको एउटा दरबारनजिकै त्यसो गरेको कुरा स्वीकार गर्दा आफूहरूलाई हुसेनले मारिदिने डर इराकी वैज्ञानिकहरूमा थियो। यी सबै कारणहरूको परिणामस्वरूप इराकले कहिल्यै पनि अब आफूसँग त्यस्ता अस्त्र बाँकी नभएको भनेर प्रमाणित गर्न सकेन ।
तर कुनै पनि डब्ल्यूएमडी फेला परेन। युद्धपछि सूचना स्रोतहरूबारे गरिएको एउटा आन्तरिक समीक्षाबारे स्मरण गर्दै एमआईसिक्सका एक भूतपूर्व अधिकारी भन्छन्, “सबै कुरा भताभुङ्ग भयो।“ अनि त्यसले गुप्तचर र राजनीतिज्ञहरू दुवै पक्षका लागि गहिरो र दूरगामी परिणामहरू छोडिदियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments