•  ११ पुष २०८१, बिहीबार

उपनिर्वाचन
आयोगले दल दर्ताको आह्वान गर्यो (सूचना सहित)

- चैत्र ७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि बैसाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो ।
आयोगले एक सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकेको छ । वैशाख १० गते, तनहुँ–१, बारा–२ र चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । यस्तै, चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भईपदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर