गिरिजा स्मृति दिवस
शान्तिका नायक राजनीतिका शिखरपुरुष गिरिजाबाबुको सम्झना
- चैत्र ७, २०७९ मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
नेपाली राजनीति त्यो अझ भन्नुपर्दा नेपाली कांग्रेसको राजनीतिमा गिरिजा प्रसाद कोइराला (गिरिजाबाबु)को छुट्टै पहिचान छ । उनको भूमीकालाई कांग्रेसको राजनीतिमा पहिले देखी चाख दिने जो कोहीले पनि भुल्न सक्दैन । नेपाली राजनीतिमा अथक योद्धाको उपमा पाएका गिरिजाबाबु राजनीतिको लागि कहिले पनि नथाक्ने एउटा नाम पनि हो ।
पूर्ण हठि स्वभाव र पछाडी फर्केर नहेर्ने आचरण भएका कारण कांग्रेस राजनीतिमा दख्खल दिने जो कोही पनि गिरिजाबाबु सँग वार्ता गर्दा सोचेर गर्नु पर्ने अवस्थामा मात्र उनलाई भेट्ने मनसाय राख्थ्यो भन्ने पनि सुनिन्छ कांग्रेसको राजनीति बृत्तमा ।
जीवन नै संगठनको लागि सुम्पिएका गिरिजाबाबुको बारेमा जति बुझे पनि बुझ्न गाह्रो हुन्छ भन्छन् पुराना राजनीतिकर्मीहरु । राजनीतिमा कहिले पनि विश्राम हुँदै भन्ने भिन्न सिद्धान्त बोकेका कांग्रेसका एउटा ठूलो खम्बा थिए गिरिजाबाबु । उनलाई पुराना कांग्रेसीहरुले कुशल संगठकको रुपमा हेर्ने गर्थे ।
नेपालको राजनीतिको इतिहास बोकेको कोइराला परिवारमा हुर्के बढेका गिरिजाबाबु राजनीतिका महामानव बिपी कोइरालाका कान्छा भाई हुन् । दाजु बिपीबाबुको राजनीतिक पदचापलाई पछ्याउँदै नेपाली कांग्रेसको राजनीतिमा हाम फालेका गिरिजाबाबु कांग्रेसको राजनीतिक योद्धा पनि थिए भन्छन् गिरिजाबाबुलाई नजिक बाट नियाँल्नेहरु ।
२०४६ पछि सधैँ राजनीतिको केन्द्रमा रहेर राजनीतिलाई उचालेका गिरिजाबाबु त्यसपछिको दिनमा पछाडी फर्केर हेर्नु परेको थिएन । पहिलो पटक प्रधानमन्त्री बन्दा ६८ वर्षको उमेर भएपनि गिरिजाबाबुमा त्यो बेला देखीने जोस कुनै वयस्क भन्दा कम थिएन । जीवनको उत्तराद्धतिर सत्तायात्रासुरु गरेका गिरिजाबाबुमा जनताका विकासका आकांक्षा, चाहनालाई पूरा गर्नुपर्छ भन्ने एउटा संकल्प थियो । जसमा कतिलाई गिरिजाबाबुले पुरा पनि गरे ।
असाध्यै खटेर पार्टीको संरचनाको निर्माणमा तल्लिन रहने स्वभाव भएका गिरिजाबाबुमा पार्टीको संरचना र संगठनलाई कसरी दरिलो बनाउने भन्ने कुराको अद्भुत क्षमता थियो । त्यही क्षमताका कारण २०४७ सालमा निर्वाचन प्रचारप्रसारका लागि दौड्ने देखी देशका सबै कुना–कुनामा दूरदराजमा पुगेर पार्टी संगठनलाई जीवन्त र सशक्त बनाउन ऊर्जा प्राप्त गरेका थिए । निद्रा, आराम र भोजन तिलाञ्जलि दिएर पार्टीका साथीहरू र जनतासँग अटुट सम्पर्कमा पुग्ने कला थियो गिरिजाबाबुमा ।
अहिले हेर्दा गिरिजाबाबुका व्यक्तित्वका विभिन्न रङ देख्छौँ । २०४६ को परिवर्तनपछि नेपाली कांग्रेसकै सभापति किसुनजी अन्तरिम सरकारका प्रधानमन्त्री हुनुहुन्थ्यो । दलीय व्यवस्थामा नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका हुने विश्वासका साथ विकासको अपेक्षा समाधान गर्ने विश्वासिलो कर्मशील नेताका रूपमा गिरिजाबाबुको छवि स्थापित थियो ।
पार्टी प्रतिबन्धित भएका बेलामा सशस्त्र संघर्षको संगठनकर्ता र प्रतिबन्धित अवस्थामा पनि नेपाली कांग्रेसको जे–जस्तो संगठन बन्न सक्यो त्यसको निर्मार्ताको रूपमा र पार्टीको पक्षमा चट्टानी अडान लिने नेता तथा निरन्तर जनता÷कार्यकर्ता माझ क्रियाशील, संगठनमा समर्पित रहेर आफ्नो राजनीतिक व्यक्तित्वलाई विकास गरेको नेताको छविको निरन्तरताका रूपमा देख्छौँ ।
गिरिजाबाबुले मुलुकलाई एउटा कोर्समा लिएर अहम भूमीका खेलेका थिए । आफ्नो जीवनको अन्तिम काल सम्म मुलुकमा शान्ति बहाली र संविधानसभामार्फत जनताले संविधान लेख्ने अवसर सिर्जना गरेर यस धर्तीबाट बिदा भएका गिरिजाबाबुले झण्डै ६ दशक लामो राजनीतिक जीवनमा गिरिजाबाबुले निकै आरोह–अवरोह व्यहोरेका थिए । उनी नेपाली राजनीतिका एक शिखरपुरुष हुनुहुन्थ्यो । शान्तिका नायक, एक अथक योद्धा गिरिजाबाबुको स्मृति दिवसमा भावपूर्ण श्रद्धाञ्जली अर्पण ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments