•  ११ पुष २०८१, बिहीबार

सरकारमा सहभागिताका विषयमा छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

- चैत्र ७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा एकीकृत समाजवादी बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल गर्ने तयारी छ । सरकारमा सहभागी हुने विषयमा कुराकानी हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
‘सरकारमा कसरी जाने भन्नेबारे औपचारिक रुपमा हामी छलफल गर्दैछौं’, पाण्डेले भने, ‘ निर्णय नभए पनि गठबन्धन बैठकमा प्रस्तुत गर्ने प्रस्तावको मोटामोटी खाकाबारे बैठकमा छलफल हुन्छ।’ बैठकमा सरकारमा सहभागी हुने विषयमा कुराकानी हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको समाजवादीले गृहसहित तीनवटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ। बैठकमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ।पार्टीको नेतृत्व गर्दै सरकारमा जान उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वालाले दाबी गर्दै आएका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर