तस्विरमा खप्तड
हिउँले खप्तडमा डाँडाकाँडा रमणीय बनाउन थाल्यो
- चैत्र ७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
कैलाली ।
आइतबार देखी एकाएक हिमपातका कारण अहिले सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा चिसो बढेको छ। यो वर्ष खप्तडमा हिउँ परेको तेस्रो पटक हो । हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो। हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन्।
हिउँ करिब एक फिट जति परेको खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए। उनले खप्तडलगायतका क्षेत्रमा एक फिट हिउँ परेको बताउँदै हिमपातका कारण चिसो निकै बढेको बताए । हिमपातले खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो हुने खड्काले बताए ।
हिमपातका कारण यहाँको टेलिफोन सम्पर्क समेत विच्छेद भएको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन गोपाल घिमिरेले बताए ।
उनले खप्तड घुम्न गएका पर्यटकहरु फर्किसकेको बताउँदै अहिले खप्तड क्षेत्रमा हिमपात जारी नै रहेको बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments